भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

बर्खायाममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह, ३० जनामा हैजाको सङ्क्रमण

बर्खायाममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह, ३० जनामा हैजाको सङ्क्रमण

काठमाडौँ । काठमाडौँ र ललितपुरलगायत कैलाली र प्युठानमा हैजाको संक्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर ३० जनामा हैजा देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । काठमाडौँको टोखा नगरपालिकाका १ जनाको दिसा परीक्षण गर्दा हैजा देखिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ का ८ जनामा हैजा पुष्टि भएको छ । प्युठानका २ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । बर्खायाममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

ललितपुरमा १९ जना, कैलालीमा ८ जना, काठमाडौँमा एक जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–१४ का १० जनालाई हैजा पुष्टि भएको हो । गोदावरीको एक पुनर्स्थापना केन्द्रका १६ वर्षीय युवालाई साउन ४ गते (जुलाई १९) टेकु अस्पताल ल्याएको थियो ।

उनको परीक्षण गर्दा ७ साउनमा (जुलाई २२) गते हैजा पुष्टि भएको थियो । त्यसपछि पुनर्स्थापना केन्द्र बस्ने १० जनालाई हैजा पुष्टि भएको थियो । यस्तै, ललितपुरकै इमाडोल, ग्वार्को, चापागाउँ लगायत विभिन्न स्थानका ९ जनामा हैजा पुष्टि भएको छ ।

 


Thali Mobile Pvt.Ltd.