भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

नेपालमा अहिलेसम्म मापन गरिएकोमध्ये सर्वाधिक वर्षा कञ्चनपुरमा, असार २३ र २४ गते आरीघोप्टे वर्षा भएको निष्कर्ष

नेपालमा अहिलेसम्म मापन गरिएकोमध्ये सर्वाधिक वर्षा कञ्चनपुरमा, असार २३ र २४ गते आरीघोप्टे वर्षा भएको निष्कर्ष

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले आरीघोप्टे वर्षा भएको निष्कर्ष निकालेको छ । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर क्षेत्रमा गएको असार २३ र २४ गते ‘क्लाउड ब्रस्ट’ भएको निष्कर्ष निकालेको हो ।

जल तथा मौसम विज्ञान विभागको विक्रम संवत् २००३ देखि उपलब्ध तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म मापन गरिएकोमध्ये सर्वाधिक वर्षा भएको जनाएको छ । मौसमविद्को टोलीले स्थलगत अध्ययन, तीन ठाउँका वर्षा मापन केन्द्रका उपकरण जाँच र त्यो दिनको वायुमण्डलको समेत अवस्था विश्लेषण गरी ‘तराई क्लाउड ब्रस्ट’ भएको निष्कर्ष निकालेको हो ।

गएको असार २३ गते २४ घण्टा अवधिमा दोधाराको स्वचालित वर्षामापन केन्द्रमा ६ सय २४ मिलिमिटर कुल वर्षा रेकर्ड भएको को
सामान्यतया क्लाउड ब्रस्ट भन्नाले एक घण्टामा १ सय मिलिमिटरसम्म वर्षा भएको मानिन्छ । त्यो दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहेको भएता पनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकसित भएको थियो । साथै उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय थियो ।

अरब सागर र बङ्गालको खाडी दुवैबाट आउने जलवाष्पयुक्त हावा पनि त्यही ठाउँमा मिसिएको र माथिल्लो वायुमण्डलमा मेघगर्जनसहित आरीघोप्टे वर्षा भएको मौसमविद्को निष्कर्ष छ । हनुमाननगर केन्द्रमा एक घण्टामा १ सय २ मिलिमिटर वर्षा मापन भएको छ ।

 


Thali Mobile Pvt.Ltd.