भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

‘पुस्तकरहित शुक्रबार’

‘पुस्तकरहित शुक्रबार’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पुस्तक रहित शुक्रबारले विद्यार्थीमा आत्मविश्वास बढाएको बताएका छन् । शैक्षिक सत्र सुरु भएपछि पुस्तक रहित शुक्रबार कार्यक्रम निरीक्षणको क्रममा उनले विद्यार्थीमा आत्मविश्वास बढेको पाएको बताए ।

साहले सामाजिक सञ्जालमा समेत लेखेका छन्, ‘शैक्षिक सत्र सुरु भएपछि पुस्तक रहित शुक्रबारका कार्यक्रम निरीक्षणका क्रममा हिजो जनप्रभात माध्यमिक विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय, कुलेश्वर माध्यमिक विद्यालय, वाल व्यवसायी केन्द्र माध्यमिक विद्यालय, नवजागृति माध्यमिक विद्यालयमा, जनकल्याण माध्यमिक विद्यालय, गुहेश्वरी माध्यमिक विद्यालय, धुम बराह माध्यमिक विद्यालय, तरुण माध्यमिक विद्यालय पुग्दा विद्यार्थीहरू स्केचिङ र स्कल्पचरमा सिप निखारिरहेका थिए । बाबा समूहको नेतृत्वमा सरसफाइका लागि श्रमदान भइरहेको थियो । यस्तै कंकेश्वरी आधारभूत विद्यालयमा १ देखि ३ सम्म विद्यार्थीहरू चित्रमा रङ्ग भर्ने र कागज काटेर कलात्मक बस्तु तयार गरिरहेका थिए । उनीहरू फलफूलका आकारलाई कसरी वास्तविक देखाउन सकिन्छ । आफैँ उपाय निकालिरहेका थिए । ‘

यस्तै, उनले थप लेख्छन्–’नव जागरण सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा नेतृत्व तथा व्यक्तित्व विकासको अभ्यास भइरहेको थियो । गीतामाता माध्यमिक विद्यालयमा इसिडीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई आफूलाई मन पर्ने चित्र कोर्न प्रोत्साहन गरिँदै थियो । कक्षा ४ देखि ८ सम्मका बालबालिकालाई सिर्जनात्मक सिकाइअन्तर्गत हाजिरी जवाफ, वाक्य निर्माण, स्काउटलगायतका क्रियाकलाप चलिरहेका थिए ।

‘शिवपुरी माध्यमिक विद्यालयमा भने चलचित्र सिर्जना सम्बन्धी छलफल चलिरहेको थियो । यसबाहेक विद्यार्थीहरू नृत्य, स्काउटिङ, संस्कृति र सम्पदा कक्षमा व्यस्त थिए । एकीकृत पाठ्यक्रम अन्तर्गत कक्षा १ देखि ३ का विद्यार्थीहरू खेल, रचना वाचन, चित्रकलामा मग्न थिए । गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा स्टिम, बाबा, स्काउटिङ जस्ता रचनात्मक सिकाइमा विद्यार्थीहरू रमाइरहेका थिए ।

यस विद्यालयमा हिजैदेखि शिक्षामा सिप अन्तर्गत स्केचिङ कला सुरु भएको छ । पाककलाको कार्यक्रम समापनको चरणमा छ । विद्यार्थीहरू परिपक्व र आत्मविश्वासका साथ आफूले सिकेको सिपमा छलफल गरिरहेका थिए । कक्षा ४ देखि ८ सम्मका सिर्जनात्मक कक्षाहरू १० वटा समूहमा चलिरहेको थियो । क्रियाकलाप हेर्दा बालमैत्री सिकाइका लागि पुस्तकमा भएका सामग्री पुस्तकका पाना नपल्टाई सिकाउने प्रणाली विकास गर्दै लैजानुपर्छ भन्ने पुष्टि भएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.