भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

पुटिनको प्रश्न : हामी कागजी बाघ भए, नेटो के हो त ?

पुटिनको प्रश्न : हामी कागजी बाघ भए, नेटो के हो त ?

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई ‘कागजी बाघ’ भनेर दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै प्रश्न उठाएका छन् । पुटिनले ट्रम्पको अभिव्यक्तिलाई चुनौती दिँदै प्रश्न गरे, “यदि हामी कागजी बाघ हौं भने, नेटो के हो ? ” यो टिप्पणी पुटिनले सुरक्षा र भू-राजनीतिक विषयमा विज्ञहरूसँग भएको छलफलका क्रममा गरेका हुन् । उनले भने, “हामी आत्मविश्वासी छौं र आत्मबल नै अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा हो ।”

राष्ट्रपति ट्रम्पले केही दिनअघि आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म  ‘ट्रुथ सोसल’  मा पोस्ट गर्दै रूसलाई ‘कागजी बाघ’को संज्ञा दिएका थिए । उनले उल्लेख गरेका थिए कि युक्रेनले युद्धमा गुमाएको भूमि फिर्ता लिनसक्ने अवस्था बनिरहेको छ । ट्रम्पले पोस्टमा भनेका छन्, “रूस अहिले गम्भीर आर्थिक समस्यामा छ र यो युक्रेनले उचित कदम चाल्ने समय हो ।” उनले युरोपेली देशहरूको समर्थन र नेटोको सक्रिय भूमिका तथा रूसको कमजोर अर्थतन्त्रलाई आधार बनाएर यस्तो टिप्पणी गरेका थिए ।

यो ट्रम्पकै अघिल्लो धारणा भन्दा एकदमै फरक मानिएको छ । प्रारम्भिक चरणमा उनले सम्भावित युद्धविरामका लागि युक्रेनले केही भूमि त्याग्नुपर्ने हुनसक्ने विचार व्यक्त गरेका थिए । तर पछिल्लो अभिव्यक्तिमा उनले युक्रेनले आफ्नो सम्पूर्ण भूभाग फिर्ता पाउने विश्वास व्यक्त गरेका छन् ।

त्यसै क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको नयाँ धारणा परिवर्तनलाई सकारात्मक संकेतका रूपमा लिएका छन् । संयुक्त राष्ट्रसंघमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “अमेरिका युद्ध समाप्तिपछि युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन तयार छ भन्ने देखिन्छ ।” तर उनले अझै पनि यसबारे ठोस योजना प्राप्त नभएको स्पष्ट गरे । यद्यपि, उनले युक्रेनलाई थप हतियार, ड्रोन र हवाई सुरक्षा प्रणाली प्राप्त हुने आशा व्यक्त गरेका छन् ।

यसैबीच पुटिनले ट्रम्पको टिप्पणीलाई गम्भीरतासाथ लिँदै, नेटोलाई समेत प्रश्नको घेरामा ल्याएका छन् । उनले संकेत गरेका छन् कि यदि रूस ‘कागजी बाघ’ हो भने, शक्तिशाली भनिएको नेटोको भूमिकामा पनि पुनः मूल्यांकन आवश्यक छ । यसअघि ट्रम्पले संयुक्त राष्ट्रसंघमा आफ्नो सम्बोधनपछि, नेटो राष्ट्रहरूले आफ्ना सीमाभित्र देखिएका रूसी लडाकु विमानहरूलाई खसाल्नुपर्ने बताएका थिए, जुन अभिव्यक्ति पछिल्लो तनावलाई झनै चर्काउने किसिमको देखिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.