भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

रविको फेरि बयान हुन सक्ने जिल्ला न्यायाधिवक्ताको भनाइ

रविको फेरि बयान हुन सक्ने जिल्ला न्यायाधिवक्ताको भनाइ

बुटवल । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी अभियोगमा रुपन्देहीमा मुद्दा चल्ने वा नचल्ने यकिन हुननसकेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा भैरहवामा तीन दिनको बयान सकिएपनि अन्य आरोपितको बयान लिएपछि मात्रै मुद्दा चल्ने नचल्ने यकिन हुने छ । अन्य आरोपितको बयानपछि रविसँग पुनः बयान लिनुपर्ने हुनसक्ने र त्यसका आधारमा मुद्दा चल्ने नचल्ने यकिन हुने जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए ।

लामिछानेविरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा भैरहवामा मंगलबारदेखि बिहीबारसम्म साढे २३ घण्टाको बयानमा ७४ वटा लिखित प्रश्नमा सवाल जवाफ भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.