भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

रविको मुद्दामा अनुसन्धान तीव्र

रविको मुद्दामा अनुसन्धान तीव्र

काठमाडौं । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धानलाई तीव्र पारेको छ । रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितसँग बयान लिएसंगै प्रहरीले थप छानबिन अघि बढाएको हो ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने जसले सहकारीमा खाता नै नखोली अवैधानिक रुपमा मिडिया हाउसमा पैसा लगेको पीडितको उजुरी छ । पहिलो चरणको अनुसन्धान सकिएर मुद्दा अदालत पुगिसकेको अवस्थामा गत १६ माघमा जिल्ला प्रहरी कार्यालयमा कास्कीमा पूरक जाहेरी परेको थियो ।

उक्त जाहेरीमा उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका रास्वपा सभापति लामिछानेसहित १८ जनालाई प्रतिवादी बनाइएको थियो । सोही पूरक जाहेरीको अनुसन्धानलाई अहिले कास्की प्रहरीले तिव्रता दिएको हो ।

 


Thali Mobile Pvt.Ltd.