भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

तीजको धार्मिक मात्र नभई राजनीतिक महत्व पनि उत्तीकै छः वादे

तीजको धार्मिक मात्र नभई राजनीतिक महत्व पनि उत्तीकै छः वादे

बेथानचोक । नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बेथानचोक गाउँपालिकाले तीज विशेष कार्यक्रम जसम्पन्न गरेको छ । मंगलबार गाउँपालिकाले बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी र संविधान सभा सदस्यत तथा पूर्वमन्त्री कन्चन चन्द्र वादेको उपस्थितिमा तिज विशेष कार्यक्रम तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

तीजको धार्मिक मात्र नभई राजनीतिक महत्व पनि उत्तीकै छः बाधे

तीज विशेष कार्यक्रमा संविधान सभा सदस्य तथा बागमती प्रदेशसभा सदस्य कञ्चन वादेले तीज किन मनाइन्छ र यसको महत्व के हो यसबारे सबैले बुझ्न जरुरी रहेको बताउँदै तीजको धार्मिक मात्र नभई राजनीतिक महत्व रहेको चर्चा गर्नुभयो ।

तीजले नारीको वर्ष दिनका पिरलाई विर्साउन शक्ति मिल्ने भएकाले पनि महिला दिदी बहीनीहरु शक्तिको स्रोत भएको दाबी गर्दै महिला सचेत भएको घरबाट मात्रै नेतृत्व जन्मिने तर्क गर्नुभयो । उहाँले राजनीतिक रुपमा महिलाहरुलाई सचेत बनाउन सकिएन भने लोकतन्त्र असफल हुने बताउँदै तीज धार्मिक एवम् राजनीतिक रुपमा उत्तीकै महत्वपूर्ण रहेको बताउनुभयो ।

तीजको धार्मिक मात्र नभई राजनीतिक महत्व पनि उत्तीकै छः बाधे

उहाँले तीजको अवसर पारेर वेथानचोक गाउँपालिकाले सबै दिदी बहीनीहरुलाई एकै ठाउँमा ल्याउन सक्नुमा गाउँपालिका अध्यक्ष भगवान अधिकारी धन्यवादको पात्र भएको चर्चा गर्नुभयो ।

तीज विशेष कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्कीले महिलाहरुको महान पर्व हरितालिका तीजले सम्बन्धलाई नयाँ उचाइँमा पुर्‍याउन मदत पुग्ने बताउँदै महिला सशक्तीकरण भएमा मात्रै महिलाहरु नेतृत्वमा आउने बताउनुभयो । मन्त्री खड्गीले नेपालमा महिलाहरुको अधिकारलाई उचाइँमा पुर्‍याउने व्यक्तित्वहरु मंगला देवी सिंह, सहाना प्रधान, नोना कोइरालाको महत्वपुर्ण भुमिकालाई स्मरण गर्नुभयो ।

मन्त्री खड्गीले भावि दिनमा महिलाहरु नेतृत्वमा आउन सिमित घेराबाट बाहिर आनैपर्ने तर्क गर्नुभयो । कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकालाई समृद्ध बनाउन आफूले सपना देखि सकेको र सपना पुरा गर्न आफू निरन्तर लागिपरेको बताउनुभयो ।

तीजको धार्मिक मात्र नभई राजनीतिक महत्व पनि उत्तीकै छः बाधे

उहाँले इच्छा शक्ति भएमा हरेक कुरामा सफल भइनेमा दुइमत नरहेको तर्क गर्नुभयो । कार्यक्रममा कलाकारहरुले तीज गीत प्रस्तुत गरेका थिए भने नेपाली काँग्रेसका युवा नेता कमल तामाङ लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.