भर्खरै : Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड |

रविले भने, ‘मलाई खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

रविले भने, ‘मलाई खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

यस्तो छ सत्तासिन राजनैतिक दलका प्रमुख लक्षित रविको सन्देश
म त बचतकर्ताको पैसा फिर्ता गर्न लड्नेछु । सिङ्गो पार्टी लड्नेछ । केही त भन्नैपर्छ भन्ने पूर्वाग्रहमा कतिपय कुरा अझै भनिनेछन् । तर, रास्वपाका साथीहरूको सभापतिले एक पैसा खाएको छैन । अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ होइन रहेछ, तर।।। भन्दै बोली लरबराएको, शब्दजाल बुनेर बस्नुपरेको छ ।

संसदीय विशेष छानबिन समितिले प्रस्ट भन्यो कि सहकारीबाट रवि लामिछानेले एक पैसा लिएको भेटिएन । अझै केही भ्रमहरू छन्, ती पनि तोडिन्छन् । एउटा शेयर सदस्य एवं कर्मचारीका रूपमा सहकारी संस्थाबाट मिडिया कम्पनीमा आएको पैसा चेक काटेर कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ ।कार्यकारी अध्यक्षले ल्याएर संस्थाको खातामा राखेको पैसाको स्रोत कुन कर्मचारीले खोज्न मिल्छ ?

राज्यको सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, कर विभागजस्ता संयन्त्रले हेर्ने कि एउटा कर्मचारीले ? यो जिम्मा नलिएर तँ जेल पर्छस् भन्ने हो भने कोही किन कुनै कम्पनीको सम्पत्तिको जोखिम सहन जागिर खान्छ ? यसले निजी व्यवसाय चल्न सक्छ ? कहिले मसँग प्रमाण छ भन्ने, फेरि त्यो प्रमाण गृहमन्त्रीसँग छ भन्ने, कहिले सहकारी अपचलन भन्ने अनि फेरि गोर्खा मिडिया अपचलन भन्ने ।

कुरा फेर्दाफेर्दा अब एक दिन उनीहरू ग्यालेक्सी टीभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्ने निष्कर्षमा पुग्नेछन् । हाल गठित सहकारी छानबिन समितिको टीओआरअन्तर्गतका सहकारी मात्रैको तथ्यांकअनुसार ८७ अर्ब रुपैयाँ अपचलन भएको छ ।

मूलधारका मिडियालाई मेरो अनुरोध
अबको सय दिन मेरो होइन, त्यत्रो पैसा हिनामिना गर्नेहरूको पछि लाग्नुहोला । ८७ अर्ब अपचलनको रिपोर्टिङमा सारा संयन्त्र लगाइदिनुहोला । १ सय दिन मलाई ‘ब्रेक दिनुस्’ ब्रेकिङ न्युज पाउनुहुन्छ । राज्यका सारा संरचना लगाएर मलाई पुर्न सकिन्छ कि भनेर खनेको खाल्डोमा कांग्रेस आफैँ खस्यो, एमाले आफैँ फस्यो ।

पार्टीको तह–तहमा बसी सहकारी ठगी गर्ने, प्रमाण नै प्रमाण भएका, विदेश भागेका, देशमा लुकेर अनुसन्धान प्रभावित पारेका, पार्टीको झण्डाले लाज छोपेकादेखि जेल छिरेका वास्तविक सहकारी ठगहरूलाई पार्टीभित्रै पालेर अरुलाई ठग भन्दै औँलो ठड्याउन सक्ने तहको प्रशिक्षण कसरी दिइन्छ, बुझिनँ मैले बुझाइदेऊ कसैले ?

सहकारी ठगीविरुद्ध संघर्ष गरिरहनुभएका साथीहरूलाई म १ मिनेट भए पनि सोच्न अनुरोध गर्दै अपिल गर्छु कि इमानदार भएर भन्नुस् त यी ठूला दल र केही ठूला मिडिया तपाईंको वचन फिर्ता गर्न लडिरहेका छन् कि रवि लामिछानेलाई दोषी करार गर्न टाउको फोडिरहेका छन् ? जवाफ मलाई दिनु पर्दैन ।

म त यी सारा आरोप सहेर पनि बचतकर्ताको पैसा फिर्ता गर्न लड्नेछु । सिङ्गो पार्टी लड्नेछ । केही त भन्नैपर्छ भन्ने पूर्वाग्रहमा कतिपय कुरा अझै भनिनेछन् । तर, रास्वपाका साथीहरूको सभापतिले एक पैसा खाएको छैन । यो कुरा तपाईंहरूले (रास्वपाका सदस्यले) जहाँ पनि शिर ठाडो पारेर भन्न सक्नुहुन्छ । आरोपको यो सिलसिला निरन्तर चल्छ । र, समयक्रममा आफैँ हट्छ ।

हामीलाई आरोपित गर्ने, हतोत्साहित बनाउने, अनेकन आक्षेप र अपव्याख्याले डाक्न खोज्ने जोकोही र विशेष गरी राजनीतिको पुरानो पुस्तालाई पनि हामी घण्टी बजाएर सम्मान गर्न चाहन्छौँ । किनकि अहिलेको व्यवस्था ल्याउन उहाँहरूको सघन र अहम् भूमिका छ । व्यवस्था परिवर्तन गर्न जेलनेल भोग्नुभएको छ । अनेकन पीडा, प्रताडना, हिंसा खेपेर देशलाई गणतन्त्रसम्मको यात्रामा ल्याउनुभएको छ । यो योगदानका लागि कोटीकोटी नमन गर्दै धन्यवाद दिन्छौँ ।

तथापि, आज सिङ्गो देशलाई साक्षी राखेर स्पष्ट र ठूलो आवाजका साथ भन्न चाहन्छु, इतिहास तपाईंहरूले कोर्नुभयो, भविष्य हामी बनाउँछौँ । (यो राष्ट्रिय भेलामा रास्वपा सभापति रवि लामिछानेले पेस गरेको प्रतिवेदनको अंश हो)

 


Thali Mobile Pvt.Ltd.