भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

रवि र डीपीको जिम्मेवारी हेरफेर गर्न निवेदन, नत्र प्रधानमन्त्रीलाई मुद्दा हाल्ने चेतावनी

रवि र डीपीको जिम्मेवारी हेरफेर गर्न निवेदन, नत्र प्रधानमन्त्रीलाई मुद्दा हाल्ने चेतावनी

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डीपी अर्यालको मन्त्रालय साटफेर गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन परेको छ।

स्वार्थको द्वन्द्व हुने दाबी गर्दै उनीहरूका मन्त्रालय आपसमा हेरफेर गर्न माग गरी युवराज सफलले निवेदन दिएका हुन् ।

निवेदनमा यस्तो भनिए छ, ‘उपरोक्त सम्बन्धमा यो जानकारी गराउन मिति २०८० फाल्गुन २३ गत बुधबारको दिन गठित मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने र उपसभापति एवम् सांसद डीपी अर्याल क्रमशः उपप्रधान तथा गृह र श्रम तथा रोजगार मन्त्रीमा नियुक्त भएकोले निजहरू उल्लेखित पदमा रही कार्य गर्दा स्वार्थको द्वन्द्व स्पष्ट देखिने हुँदा निजहरूको जिम्मेवारी तत्काल हेरफेर गरी पाऊँ भनी सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष यो निवेदन पेस गरेको छु।’

लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधी रहेको तथा सहकारी ठगीसम्बन्धी कसुरमा पनि अनुसन्धान भइरहेका, सम्पत्ति शुद्धीकरण विभागले समेत अकुत सम्पत्ति कमाएको आरोपमा अनुसन्धान गरेको उल्लेख छ।

यस्तै डीपी अर्याल श्रम तथा रोजगार मन्त्री बन्दा उनी मेनपावर व्यवसायीका रूपमा कार्य गरेको र हाल पनि मेनपावर कम्पनीको जिम्मेवार पदमा रहेको उल्लेख गर्दै उनलाई सो पदमा राख्न नहुने निवेदनमा गरिएको छ।

उल्लेखित मन्त्रीहरूको जिम्मेवारी हेरफेर नगरे अदालतमा प्रधानमन्त्रीलाई समेत विपक्षी बनाई कानुनी उपचारमा जाने चेतावनी छ ।