भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्पेनिस स्टार राफेल नाडालले जिते अस्ट्रेलियन ओपन टेनिस खेलको उपाधि

स्पेनिस स्टार राफेल नाडालले जिते अस्ट्रेलियन ओपन टेनिस खेलको उपाधि

काठमाडौं । आइतवार राति भएको अस्ट्रेलियन ओपन टेनिस खेलको उपाधि रुसी खेलाडी डेनियल मेदभेदेवलाई पराजित गर्दै ३५ वर्षीय स्पेनिस स्टार राफेल नाडालले जितेका छन्। सो खेलमा नाडालले २१औँ ग्रान्डस्लाम जित्न कीर्तिमान बनाउन सफल भएका हुन्।

मेलबर्न पार्कमा अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ भएको फाइनलमा स्पेनिस स्टार नाडालले दोस्रो वरियताका मेदभेदेवलाई २–६, ६–७ ९५–७०, ६–४, ६–४ र ७–५ को सेटमा पराजित गरेका थिए।

यता सुरुवाती चरणमा मेदभेदेवले दुई सेट जित्दै नाडालमाथि दबाब बनाएका थिए । मेदभेदेव अन्तिम तीन सेटमा चुक्दा नाडालले कीर्तिमान बनाउन सफल भएका थिए।

यता, ३५ वर्षीय स्पेनिस स्टार नाडाल रोजर फेडेरर र नोभाक जोकोभिकसँगै २० पटक ग्राण्ड स्लाम उपाधि जितिसकेको कीर्तिमान आफ्नो नाममा बनाउँदै सर्वाधिक ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी बन्ने होडमा रहेका थिए।

 


Thali Mobile Pvt.Ltd.