भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ | भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी |

स्पेनिस स्टार राफेल नाडालले जिते अस्ट्रेलियन ओपन टेनिस खेलको उपाधि

स्पेनिस स्टार राफेल नाडालले जिते अस्ट्रेलियन ओपन टेनिस खेलको उपाधि

काठमाडौं । आइतवार राति भएको अस्ट्रेलियन ओपन टेनिस खेलको उपाधि रुसी खेलाडी डेनियल मेदभेदेवलाई पराजित गर्दै ३५ वर्षीय स्पेनिस स्टार राफेल नाडालले जितेका छन्। सो खेलमा नाडालले २१औँ ग्रान्डस्लाम जित्न कीर्तिमान बनाउन सफल भएका हुन्।

मेलबर्न पार्कमा अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ भएको फाइनलमा स्पेनिस स्टार नाडालले दोस्रो वरियताका मेदभेदेवलाई २–६, ६–७ ९५–७०, ६–४, ६–४ र ७–५ को सेटमा पराजित गरेका थिए।

यता सुरुवाती चरणमा मेदभेदेवले दुई सेट जित्दै नाडालमाथि दबाब बनाएका थिए । मेदभेदेव अन्तिम तीन सेटमा चुक्दा नाडालले कीर्तिमान बनाउन सफल भएका थिए।

यता, ३५ वर्षीय स्पेनिस स्टार नाडाल रोजर फेडेरर र नोभाक जोकोभिकसँगै २० पटक ग्राण्ड स्लाम उपाधि जितिसकेको कीर्तिमान आफ्नो नाममा बनाउँदै सर्वाधिक ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी बन्ने होडमा रहेका थिए।

 


Thali Mobile Pvt.Ltd.