भर्खरै : Sorry, your browser does not support inline SVG.
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना |

राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने

राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने

सिरहा । मधेस प्रदेशसभामा आउँदो पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी पञ्चावती मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने भएको छ ।
मधेस प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा नेपाल मधेस फाउन्डेसनको सहकार्यमा सिराहाको लहान नगरपालिका–१५ ढोढनास्थित मन्दिरको धर्मशालामा आयोजित कार्यक्रममा स्थानीय जनताको गुनासो सम्बोधन गर्दै प्रदेश सांसदले उक्त मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गर्ने प्रतिबद्वता जनाएका हुन् ।

जिल्लामा व्याप्त बेरोजगारी, खस्किँदो शिक्षाको स्तर, सरकारी कामकाजमा आफूहरूले भोग्नु परेका असहजता, कृषि, सिँचाइलगायत विषयमा सहभागीले गुनासो राखेका थिए । नागरिकका गुनासोहरूको सम्बोधन गर्दै प्रदेश सांसद तथा प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रामसरोज प्रसाद यादवले आफूले विकास समितिमा तथा प्रदेशसभामा नागरिकका गुनासोहरू उठाउने तथा सम्बोधन गर्न सक्दो प्रयास गर्ने प्रतिबद्वता व्यक्त गरे । उनले पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी मन्दिरलगायत पर्यटकीय क्षेत्र सलहेस, कमलदह, बाबाताल, हात्ती दहलाई विधेयकमा समेटिने जानकारी दिए ।

कार्यक्रममा विकास समितिका सांसदहरु रामसरोज यादव, रत्नेश्वरलाल गोइत, राजेन्द्रप्रसाद चौधरी र शम्भुकुमार साहको उपस्थिति थियो । उनीहरूले सिँचाई, कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण, विद्युतीकरण, चुरे संरक्षणलगायत विषयमा तीन तहको सरकार मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड् दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.