भर्खरै : Sorry, your browser does not support inline SVG.
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना |

तीव्र गतिका डुंगाको कारण ‘राइट ह्वेल’ खतरामा

तीव्र गतिका डुंगाको कारण ‘राइट ह्वेल’ खतरामा

अमेरिकाको पूर्वी तटमा रहेका अधिकांश ठूला डुंगाहरू उत्तर एटलान्टिक महासागरमा चल्दा ‘राइट ह्वेल’को सुरक्षामा खतरा देखिएको छ । करिब तीन सय ४० वटा मात्र बाँकी ‘राइट ह्वेल’का लागि बनाइएका ‘स्लो जोन’मा तीव्र गतिमा गुड्ने डुंगाले ठक्कर दिँदा घाइते हुने वा मृत्युसमेत हुने गरेको रिपोर्ट आएको छ । गैरनाफामूलक संस्था ओसियानाद्वारा बिहीबार प्रकाशित डुंगाहरूको अनुगमन तथ्यांकमा आधारित नयाँ विश्लेषणअनुसार यो प्रजातिलाई लोप हुनबाट जोगाउन कडा सुरक्षा र अधिक प्रवर्तनका लागि आह्वान गरिएको छ ।

ओसियानाका अभियान निर्देशक गिब ब्रोगनले भने, ‘डुंगाहरू तीव्र गतिमा ओहोरदोहोर गरिरहेका र यसले ह्वेलहरू मरिरहेका छन् ।’ ह्वेल प्रजातिका लागि मृत्युको दुई प्रमुख कारणमध्ये माछा मार्ने जाल वा बल्छीसँगै डुंगाको ठक्कर पनि एक हो । ठक्करहरूले ह्वेलका शरीरमा लाग्ने चोट वा उनीहरूका पखेटा भाँचिने र असहाय भई मर्ने गरेका रिपोर्टहरू बाहिरिएका छन् । सन् २००८ देखि अमेरिकाको ‘नेसनल ओसनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए)ले ह्वेलको उपस्थिति हुने सम्भावना भएका क्षेत्रमा ६५ फिट (१९.८ मिटर) वा सोभन्दा लामो दूरीका जहाजका लागि गति सीमा तोकेको छ ।

तर, सन् २०२० को नोभेम्बरदेखि सन् २०२२ को जुलाईसम्म ८४ प्रतिशत अनिवार्य क्षेत्र र ८२ प्रतिशत स्वेच्छिक क्षेत्र हुँदै यात्रा गरेको संकलित तथ्यांकले देखाएको छ । ‘यो सरकारबाट न्यूनतम जरिवानाको जोखिम र बन्दरगाहमा निर्धारित समयभन्दा आफ्नो कार्गो ढिलो पुग्दा लाग्ने जरिवानालाई जोगाउनका लागि जहाजले लिने उच्च गतिका कारण ‘राइट ह्वेल’ असुरक्षित बनेको मछुवाहरूले बताएका छन्,’ ब्रोगनले एएफपीसँग भने। नोभेम्बर २०२१ देखि जुलाई २०२२ सम्म गरिएको गति सीमाभन्दा बढी नौ हजार तीन सय ५८ जहाजले यात्राको गतिको सीमा उल्लंघन गरेकोमा एनओएएले केवल ४६ वटा जहाजहरूलाई मात्र जरिवाना लगाएको थियो । उनीहरूलाई औसत १५ हजार ६ सय अमेरिकी डलर जरिवाना तोकिएको थियो ।

६० फिट (१८ मिटर) लम्बाइसम्म बढ्न सक्ने र मानवसरहको आयु हुने ‘राइट ह्वेल’को संख्या कुनै समय २० हजारसम्म पुगेको अनुमान गरिएको छ । यो प्रजातिमा पाइने बाक्लो बोसो र प्लास्टिक सहज रूपमा नपाइने समयमा यसको विकल्पका रूपमा प्रयोग गरिने भएकाले ह्वेल सिकारीहरूको छनोट ‘राइट ह्वेल’ नै हुन्थ्यो किनकि यसबाट उनीहरूले मनग्गे पैसा कमाउँथे । २०औँ शताब्दीको मध्यसम्ममा उत्तरी एटलान्टिक महासागरमा राइट ह्वेलको व्यावसायिक सिकारमा प्रतिबन्ध लगाइएको थियो, जसले गर्दा सन् २०१० सम्ममा उनीहरूको संख्या ४८३ पुगेको थियो । तथापि, सन् २०१७ देखि तिनीहरूले ‘असामान्य मृत्युदर’ अनुभव गरिरहेका छन् ।

गत फेब्रुअरीमा मध्यएटलान्टिक भर्जिनिया तटमा २० वर्षीय एक युवा ह्वेलको मेरुदण्ड भाँचिएको अवस्थामा समुद्रमा डुबेर मृत्यु भएको थियो । जनसंख्या पहिलेदेखि नै यति कम भएकोले, थोरै मृत्युले पनि उनीहरूको संख्यामा नकारात्मक असर देखिन सक्छ । ह्वेलको बच्चा जन्माउने दर पनि आमाहरूमा दीर्घकालीन तनावको परिणामस्वरूप कम भएको छ र जलवायु परिवर्तनको परिणामस्वरूप उनीहरूको परम्परागत खाना संकलनका लागि डुल्ने आधारहरू परिवर्तन भइरहेका छन् । ओसियानाको रिपोर्टले ह्वेलको हालको वितरणलाई प्रतिबिम्बित गर्न ‘स्लो जोन’हरू अद्यावधिक गर्न, स्वेच्छिक गति सीमाको अन्त्य गर्न र ३५ फिट लामो जहाजहरूमा सुरक्षा नियमहरू विस्तार गर्न आह्वान गरेको छ ।

ब्रोगनले भने, ‘राइट ह्वेल प्रजातिहरू बचाउन हामीले के गर्न आवश्यक छ थाहा छ । त्यसैले उनीहरूको सुरक्षाका लागि यो उपाय अवलम्बन गर्नु आवश्यक छ र उनीहरूको संख्या बढाउनु आवश्यक छ।’

 


Thali Mobile Pvt.Ltd.