भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

भ्रष्टाचार ढाकछोपका लागि नयाँ सरकार बन्दछैः राजेन्द्र पाण्डे

भ्रष्टाचार ढाकछोपका लागि नयाँ सरकार बन्दछैः राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि बन्ने बताएका छन्। मंगलवार संसद्‍ भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार गिरीबन्धु प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरणलगायतका प्रकरणहरू छोप्नका लागि बनेको उनले बताए।

उनले संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग गठबन्धन नरहेको आफ्नो बुझाइ रहेको बताए। उनले प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले शंका उब्जिएको बताए।

उनले प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमा बस्न पुगेपछि, सरकार सम्हाल्न हिँडेपछि गलत कुरा छोप्न हो की भन्ने शंका सबैको रहने बताए।

 


Thali Mobile Pvt.Ltd.