भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

कता हरायो राष्ट्रसंघीय विकास कोषको ३७ करोड ? कहाँ छ यसको हिसाब किताब ?

कता हरायो राष्ट्रसंघीय विकास कोषको ३७ करोड ? कहाँ छ यसको हिसाब किताब ?

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कोषबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्राप्त भएको ३७ करोड १२ लाख (२७ लाख ७९ हजार अमेरिकी डलर) रुपियाँ खर्च भएपनि त्यसको हिसाबकिताब भेटिएको छैन । प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रम कार्यान्वयनका लागि प्राप्त सो रकमको हिसाबकिताब गोलमटोल पारिएको खुलेको छ ।

मन्त्रालयले ३७ करोड रुपियाँको खर्चसम्बन्धी प्रस्ट हिसाबकिताब नराखेपछि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । मन्त्रालयले सो रकम आर्थिक वर्ष २०७८/०७९ मा खर्च गरेको भए पनि एकीकृत वित्तीय विवरणमा समावेश महालेखाले गरेको छैन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९ (२) मा लेखा उत्तरदायी अधिकृतले मातहत कार्यालयसमेतको प्रत्येक आर्थिक वर्षको सम्पूर्ण आयव्ययको केन्द्रीय वित्तीय विवरण पेस गर्नुपर्ने कानुनी प्रावधान छ ।

तर, महालेखाका अनुसार मन्त्रालयले पेस गरेको केन्द्रीय वित्तीय विवरणअनुसार ९ खर्ब ७६ करोड २७ लाख खर्च देखिएकोमा सो विवरणमा वस्तुगत सहायता, प्राविधिक सहायता र अन्य सहायताको निकासा खर्च समावेश गरिएको छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको एकीकृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा स्विजरल्यान्डबाट प्राप्त हुने भनिएको ४ करोड ७ लाख, साना विकास आयोजना सञ्चालन गर्न

भारत सरकारबाट प्राप्त हुने भनिएको ४८ करोड, उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर कार्यक्रम सञ्चालन गर्न चीन सरकारबाट प्राप्त हुने भनिएको २ अर्ब नगद अनुदान प्राप्त हुने गरी बजेट तर्जुमा भएकोमा उक्त रकम प्राप्त गर्न मन्त्रालयको नेतृत्व असफल भएको वा चासो नदिएको पाइएको छ। पुँजीगततर्फ स्विजरल्यान्ड एसडीसीबाट ६९ करोड ४० लाख नगद अनुदान प्राप्त हुने उल्लेख भए पनि सो रकम पनि प्राप्त गर्न मन्त्रालय असफल भएको महालेखाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.