भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सूर्यविनायक–धुलिखेल सडकखण्डको दयनीय अवस्था

सूर्यविनायक–धुलिखेल सडकखण्डको दयनीय अवस्था

काठमाडौं । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार कछुवागतीमा देखिएको छ । ३६ महिनामा निर्माण सक्ने गरी मंसिर ०७९ मा निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति १७ महिनामा जम्मा २२ प्रतिशत मात्रै भएको छ । ८ अर्ब ५२ करोड लागतमा सुरु भएको आयोजनामा दुई अर्ब खर्च भइसकेको छ ।

सूर्यविनायकदेखि धुलिखेलसम्म १५.८ किलोमिटर सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बन्दै छ । तर, हालसम्मको भौतिक प्रगति हेर्दा निर्धारित समयमा सडक विस्तारले पूर्णता पाउने देखिदैन । सरकारले यस सडकखण्ड विस्तारलाई सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दीबास सडक आयोजनाअन्तर्गत राखेको छ ।

तीनवटा ठेकेदार कम्पनीमार्फत यो सडकखण्ड विस्तार भइरहेको छ । जसमा सूर्यविनायक–साँगासम्म अशिषकुमार बन्धन भगवती जेभी, साँगा–धुलिखेलसम्म लामा कन्स्ट्रक्सन प्रालि र पुल निर्माणका लागि हिम्दुङ एन्ड थोकर निर्माण कम्पनीलाई ठेक्का लगाइएको छ ।

सडक विभागका अनुसार सूर्यविनायक–साँगासम्मको ठेक्का मंसिर ०७९, साँगा–धुलिखेलसम्मको ठेक्का पुस ०७९ र पुल निर्माणको ठेक्का चैत ०७९ मा लगाइएको थियो । हाल सूर्यविनायक–साँगा खण्डमा २० प्रतिशत, साँगा–धुलिखेल खण्डमा २५ प्रतिशत काम भएको छ भने पुल निर्माणतर्फ भौतिक प्रगति शून्य छ ।

 


Thali Mobile Pvt.Ltd.