काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा माल्यार्पण गर्दा राष्ट्रपति रामचन्द्र पौडेल भावुक बनेका छन् । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदान सम्झदै राष्ट्रपति रामचन्द्र पौडेल भावुक बनेका हुन ।
प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको हो । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक,
आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् भन्ने शाहको दिव्यउपदेश अहिलेपनि सान्दर्भिक छ ।