भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

पर्यटन विकासका लागि महोत्सवमा मकै बालीको संरक्षण

पर्यटन विकासका लागि महोत्सवमा मकै बालीको संरक्षण

चितवन । गौरव र गरिमामय प्रस्तुती रहेको रत्ननगर महोत्सव टिकोली चौरमा सुरु भएको छ । १२औं संस्करण महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विशेष समारोहका बीच उद्घघाटन गरेका हुन ।

पर्यटनको विकासको लागि नयाँ गन्तव्यको पहिचान र धार्मिक पर्यटनको विकासलाई जोड दिइएको महोत्सवमा कृषि क्षेत्रको विकासका लागि मकै बालीको संरक्षण र उत्पादनलाई प्राथमिकता दिइएको छ ।

मकै बालीको संरक्षण र प्रर्वद्धनको लागि महोत्सवस्थलमा मकै वाली स्थापना तथा मकैको स्टाचु निर्माण गरिएको छ । महोत्सवमा रामपुर मकैबाली अनुसन्धान केन्द्रबाट २० प्रजातीका मकैको वारेमा जानकारी गराइने छ ।

महोत्सव स्थलमा मकै वाली, केरा बगान, च्याउको टनेल र माछा पोखरी निर्माण गरिएको छ । महोत्सवको कृषि परिसर, सांस्कृतिक घर र खगेरीमा मोटरबोट मुख्य आकर्षण रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.