भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रानीकोटदेखि लाकुरी भञ्ज्याङसम्म : उपत्यका हेर्ने झ्याल, शान्ति भर्ने डाँडा

रानीकोटदेखि लाकुरी भञ्ज्याङसम्म : उपत्यका हेर्ने झ्याल, शान्ति भर्ने डाँडा

भक्तपुर, २२ जेठ । शहरका धूलो र आवाजले थिचिएको मन लिएर जब कोही रानीकोटकाे डाँडो उक्लन्छ, तब उसले महसुस गर्छ-प्रकृतिसँग पुनर्मिलनको मिठास। त्यहाँ न कुनै हतार छ, न भागदौड- छ त केवल शान्तिको महशुस, जहाँ हरेक दृश्यमा हरियालीले मन छाेएकाे हुन्छ ।

 साँझपखको सुनौलो किरणले रानीकोटका भित्ताहरू चम्किदै गर्दा, लाग्छ प्रकृतिले आफैं चित्र कोरेको हो। हरियालीले अँगालो हालेको यो भूभागमा जब हामी रमाउँछौं, मनको थकान हराएर जान्छ, र मन उज्यालिन्छ।

रानीकोटबाट सुरु हुने यात्राले लाकुरी भञ्ज्याङको काखसम्म पुग्दा, एक अनौठो अनुभूति सँगालिन्छ-आकाश छोएको हरियो डाँडो, बग्ने हावा, अनि टाढा कतै देखिने हिमशृंखलाको उज्यालो छायाँ। यो दृश्यले हरेक यात्रुलाई केही क्षण मौन बनाउँछ। लाग्छ, शब्दभन्दा ठूलो पनि केही छ यहा ।

काठमाडौं उपत्यकाको रूप, रेखा र सबै एकैपटक देख्न सकिन्छ यहाँबाट। भक्तपुर, ललितपुर र काभ्रे  जिल्लाकाे नक्सा जस्तो खुला मैदान झल्किन्छ आँखामा। हरेक कोणबाट उपत्यकाको सुन्दरता सजिलै देख्न पाइन्छ । 

भक्तपुरको   घ्याम्पे पार गरेपछि, रानीकोटको पुरानो बटुवाको बाटो समाउँदै जब लाकुरी भञ्ज्याङतिर पाइला बढ्छ, तब घामको उज्यालो पातहरूबाट छिचोलिँदै, हावा चुपचाप कानमा केही भन्नपुग्छ तव “यहाँ आइपुग्यौ भने, शहरका दुःख बिर्सन्छौ।”

रानीकोट, जहाँबाट उपत्यका एउटा खुल्ला चित्रजस्तै देखिन्छ- ललितपुरका घरहरू, भक्तपुरका परम्परागत छानाहरू, अनि टाढा कतै काभ्रेको हरियाली फाट। त्यो क्षणमा, मानिस समयभन्दा माथि उठ्छ, र भुल्छ-उ भर्खरै कहाँबाट आएको हो।

लाकुरी भञ्ज्याङको पहाडले हिमालहरूलाई पनि बोलाएको हुन्छ। मनमोहक शृंखलाहरू, लज्जालुझैँ बादलहरूमा लुकेर, समय समयमा झुल्किन्छन्। गणेश, लाङटाङसम्मको दृश्यले मनलाई रोमाञ्चित बनाउँछ। त्यहाँ उभिएर, मान्छेले आफ्नै सानोपन महसुस गर्छ । रानीकोट र लाकुरी भञ्ज्याङको जंगल भनेको केवल वनस्पतिको संग्रह होइन, यो जीवनको आश्रयस्थल हो।

बन्यजन्तुको बास, चराहरूको गीत, र हावाले बोकेको पातको सङ्गीतले यहाँको मौनताले पनि बोल्छ । भक्तपुर, ललितपुर, र काभ्रे तीनैतिरबाट सडकले जोडिएको छ।कतैबाट हिँडेर, कतै साईकलमा, अनि कतै मोटरसाइकलबाट त्यहाँ पुगिन्छ ।

बस्नका लागि स्थानीय होमस्टेहरू छन्, खानका लागि ताजा अन्न खान पाइन्छ । जब फर्कने बेला आउँछ, तब मन अलिक गह्रौँ हुन्छ। रानीकोटदेखि लाकुरी भञ्ज्याङसम्मको यात्राले उपत्यकाकाे सुन्दरता मात्रै हाेइन हिमालकाे काखमा पुगेकाे अनुभुित हुने गरेकाे छ । 

 


Thali Mobile Pvt.Ltd.