भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

राष्ट्रपति पौडेलको स्वास्थ्य सामान्य, २४ घण्टा अस्पताल बसाइपछि डिस्चार्ज

राष्ट्रपति पौडेलको स्वास्थ्य सामान्य, २४ घण्टा अस्पताल बसाइपछि डिस्चार्ज

काठमाडौँ, २६ असाेज । शनिवार अचानक अस्वस्थ महसुस गरेका राष्ट्रपति रामचन्द्र पौडेल चौबीस घण्टा अस्पताल बसेपछि आज घर फर्किएका छन्।राष्ट्रपति पौडेललाई टाउको दुखाइ र बान्ता भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो।

सेन्टरले जनाएको छ कि हाल उनको स्वास्थ्य अवस्था सामान्य छ।सेन्टरका निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले भने, “राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण र उपचारपछि अवस्था सामान्य भएकाले आज डिस्चार्ज गरिएको छ।”

अस्पताल स्रोतका अनुसार यसपटक राष्ट्रपति पौडेललाई कानसम्बन्धी समस्या देखिएपछि उपचारको लागि अस्पताल पुगेका थिए। शिक्षण अस्पतालमा कानको विभागमा बेड खाली नभएपछि उनलाई मनमोहन सेन्टरमा भर्ना गरिएको थियो।

त्रिवि शिक्षण अस्पतालका नाक–कान–घाँटी रोग विभागका चिकित्सकले परीक्षण र उपचार गरेपछि सबै स्वास्थ्य अवस्था सामान्य देखिएपछि आज राष्ट्रपति पौडेल शीतलनिवास फर्किएका हुन्।

शनिबार राष्ट्रपति पौडेलसँग छलफल गर्न २२ जना जेनजी अगुवा शीतलनिवास पुगेका थिए। छलफलको क्रममा स्वास्थ्य समस्या देखिएपछि बैठक सोमबारका लागि सारिएको छ। सो क्रममा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का अन्य सदस्यहरूले पनि अनौपचारिक छलफल गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.