भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट निवेदन दर्ता खुल्ने

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट निवेदन दर्ता खुल्ने

काठमाडौँ, २६ असाेज । भदौ २४ गते भएको सर्वोच्च अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट घटनापछि ठुलो क्षति भएपछि स्थगित रहेका सेवाहरू असोज २८ गतेदेखि आंशिक रूपमा सुचारु हुने भएका छन्।

असोज २६ गते बसेको पूर्ण बैठकको निर्णय अनुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा अब असोज २८ गते (मंगलबार) देखि: रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ का निवेदनहरू, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ का निवेदनहरू,दर्ता र सुनुवाइ हुनेछन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले भने, अन्य सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहने जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.