भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रास्वपाले माग्यो चार मन्त्रालय, तर गृह नछाड्ने अडान

रास्वपाले माग्यो चार मन्त्रालय, तर गृह नछाड्ने अडान

काठमाडौं । काँग्रेससंग गठबन्धन टुटेपछि नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालय नछोड्ने अडान कायमै छ । उसले गृह बटमलाइन बनाएर अघिबढेको पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए ।

गृहमा अरु कसैको दाबी नगर्न रास्वपाले आग्रह गरेको छ । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने वाग्लेको भनाइ छ । मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो बस्दैछ । बैठकमा रास्वपाबाट वाग्ले नै सहभागी हुनेछन् ।

सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल मन्त्री बनेका छन् । मन्त्रालयको जिम्मेवारी भने नयाँ मन्त्री बनेकाहरुलाई तोकिएको छैन ।

 


Thali Mobile Pvt.Ltd.