भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देउवालाई गिजोल्दै शेखर कोइरालाको टिप्पणी, ‘यो घटना सामान्य होइन’

देउवालाई गिजोल्दै शेखर कोइरालाको टिप्पणी, ‘यो घटना सामान्य होइन’

काठमाडौं । नयाँ सत्ता समीकरण भएपछि कांग्रेसका नेता डा. शेखर कोइरालाले देउवालाई संकेत गर्दै यो सामान्य घटना नभएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबारमात्रै कांग्रेससँगको गठबन्धन तोडेर एमाले–रास्वपालगायत अन्य दलसँग गठबन्धन गरेपछि नेता कोइरालाले यसलाई असामान्य रुपमा लिएका छन् ।

देउवाका कारण घटना सतहमा आएको टिप्पणी गरेका हुन् । उनले भने, ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो । तर यो घटना सामान्य होइन ।’
प्रधानमन्त्री प्रचण्ड अस्थिर, माओवादी कमजोर र सत्ताको लागि जे पनि गर्न तयार हुने पार्टी भएकोले यो घटना कांग्रेसलाई महँगो परेको जिकिर गरे ।

उनले सत्ता गठबन्धन बन्नु र तोडिनुमा कांग्रेस सभापति देउवा जिम्मेवार रहेको बताए । भविष्यका लागि सजग हुनुपर्ने भन्दै उनले भने, ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? सजग बनौं ।’ सत्ता गठबन्धन भत्किनुको आधिकारिक धारणा कांग्रेसले आजको कार्यसम्पादन समितिको बैठकपछि सार्वजनिक गर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.