भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई महिने तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

मंगलबार चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्क रिपोर्ट सार्वजनिक गरेको बैंकको वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ ।

आयात ५.१ प्रतिशत, निर्यात ७.८ प्रतिशत र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.१ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ ।

यसैगरी शोधनान्तर स्थिति रु ५३ अर्ब ६१ करोडले बचतमा रहेको बैंकको रिपोर्टमा उल्लेख छ । कुल विदेशी विनिमय सञ्चिति रु १,५९८ अर्ब ९० करोड र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको छ ।

नेपाल सरकारको खर्च रु. १३१ अर्ब १४ करोड र राजस्व परिचालन रु. १४१ अर्ब ८ करोड रहेको राष्ट्र बैंकको रिपोर्टमा छ ।

हेर्नुहाेस्…

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [657.62 KB]