भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यी हुन आज शपथ लिने राष्ट्रिय सभा १९ सदस्य

यी हुन आज शपथ लिने राष्ट्रिय सभा १९ सदस्य

काठमाडौं । आज राष्ट्रिय सभाका १९ सदस्यहरुले शपथ ग्रहण गर्दैछन् । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सदस्यहरुले शपथ ग्रहण गर्न लागेका हुन ।

आज शपथ ग्रहण गर्ने राष्ट्रिय सभा सदस्यहरुमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट छन् ।

माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल र सावित्री मल्ल, नेकपा एमालेबाट रुक्मिनी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चौधरीले राष्ट्रिय सभा सदस्यको शपथ लिंदै छन् ।

राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि हिजो सकिएको थियो । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनिहरू हिजो बिदा भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.