भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

गठबन्धनमा हलचल, नयाँ घटनाक्रम विकसित भएपछि दलहरु आन्तरिक छलफलमा

गठबन्धनमा हलचल, नयाँ घटनाक्रम विकसित भएपछि दलहरु आन्तरिक छलफलमा

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन एवं राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा सत्ता गठबन्धनभित्र अविश्वास बढ्दै गएको छ । राजनीतिमा नयाँ घटनाक्रम विकसित भएपछि अहिले दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै राजनीतिक दलहरु बिहानैदेखि कसरत गरिरहेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसेको छ भने नेकपा एमालेको सचवालय बैठक बालकोटमा बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेको स्रोतको दावी छ । हिजो साँझ पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसहितका नेताहरुबीच छलफल भएको थियो ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा केन्द्रित भएको भनिए पनि नयाँ राजनीतिक समीकरणबारे छलफल भएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालयमा जारी बैठकले वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल गर्दै आवश्यक निर्णय लिने बताइएको छ ।

एमाले र माओवादी दुईपक्षीय छलफल भएपछि बोलाइएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । सत्तारूढ कांग्रेस र माओवादीबीच अविश्वास बढेको भन्ने कुरा पछिल्लो समय सार्वजनिक भैरहँदा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले नयाँ मोडलिने नेताहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.