भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गठबन्धनमा हलचल, नयाँ घटनाक्रम विकसित भएपछि दलहरु आन्तरिक छलफलमा

गठबन्धनमा हलचल, नयाँ घटनाक्रम विकसित भएपछि दलहरु आन्तरिक छलफलमा

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन एवं राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा सत्ता गठबन्धनभित्र अविश्वास बढ्दै गएको छ । राजनीतिमा नयाँ घटनाक्रम विकसित भएपछि अहिले दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै राजनीतिक दलहरु बिहानैदेखि कसरत गरिरहेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसेको छ भने नेकपा एमालेको सचवालय बैठक बालकोटमा बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेको स्रोतको दावी छ । हिजो साँझ पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसहितका नेताहरुबीच छलफल भएको थियो ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा केन्द्रित भएको भनिए पनि नयाँ राजनीतिक समीकरणबारे छलफल भएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालयमा जारी बैठकले वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल गर्दै आवश्यक निर्णय लिने बताइएको छ ।

एमाले र माओवादी दुईपक्षीय छलफल भएपछि बोलाइएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । सत्तारूढ कांग्रेस र माओवादीबीच अविश्वास बढेको भन्ने कुरा पछिल्लो समय सार्वजनिक भैरहँदा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले नयाँ मोडलिने नेताहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.