भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

कोदो दिवस : उत्पादन वृद्धिको अभियान, आयात घटाउने उद्देश्य

कोदो दिवस : उत्पादन वृद्धिको अभियान, आयात घटाउने उद्देश्य

मुख्य बुँदा 

पहिलोपटक साउन १६ गते राष्ट्रिय कोदो दिवस

उद्देश्य: आयात घटाउने, उत्पादन र उत्पादकत्व बढाउने।

नाराः “कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार”।

१८ हजार मेट्रिक टनभन्दा बढी कोदोजन्य बालीको आयात भएको कृषि विभागको तथ्याङ्क।

कोदो, चिनो, कागुनो, सामा, जुनेलो जस्ता बाली साना किसान, पोषण, र जलवायु सहनशीलताका लागि महत्त्वपूर्ण।

मधेशलगायत सुक्खा क्षेत्रहरूमा कोदो वैकल्पिक बालीका रूपमा प्रयोग गर्न सकिने।

उत्पादन वृद्धिका लागि अभियान सञ्चालन गर्न विज्ञहरूको सुझाव।

काठमाण्डौ, १६ साउन । पहिलोपटक राष्ट्रिय कोदो दिवस साउन १६ गते मनाइएकाे छ । कोदोजन्य बालीहरूको आयात रोक्ने र उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले मनाइएको यस दिवसको नाराः ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ रहेको छ।

कृषि विभागका अनुसार गत आर्थिक वर्षमा करिब १८ हजार मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरिएको थियो। कोदो, चिनो, कागुनो, सामा, जुनेलो जस्ता बालीहरू साना किसानको आय बढाउने र खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

मधेश लगायत पानी कम पर्ने सुक्खा क्षेत्रहरूमा कोदोलाई वैकल्पिक बालीका रूपमा अपनाउन सकिने कृषिविद्हरूले सुझाएका छन्। राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रका अनुसार कोदो बाली उत्पादन बढाउन बीउको उपलब्धता र किसानलाई प्रोत्साहन आवश्यक रहेकाे जनाएकाे छ।

यस दिवसले खाद्य सुरक्षा, स्वास्थ्य सुरक्षा, र वातावरण संरक्षणमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ। आगामी दिनमा यसलाई दिवस मात्र नभई अभियानका रूपमा पनि लैजानुपर्ने विज्ञहरूको सुझाव छ।

 


Thali Mobile Pvt.Ltd.