भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

रौतहट प्रहरीले एकैदिनमा १८ जनालाई पक्राउ गर्‍यो

रौतहट प्रहरीले एकैदिनमा १८ जनालाई पक्राउ गर्‍यो

रौतहट । रौतहट प्रहरीले एकैदिनमा १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत १८ जना पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा जालसाजी मुद्दाका शेख वहिद, नेक महमद, मिर अली हुसैन, शेख तैयब, शेख जमिर, शेख अख्तर, शेख दमी अख्तर, शेख साहिद, शेख मेराज, ईस्लाम अन्सारी, र जुमन देवान रहेका छन्।

हातहतियार खरखजाना मुद्दाका नवलाकिशोर मुखिया, कुटपिट तथा गाली बेइज्जती मुद्दाका शेख जाकिर, चोरी मुद्दाका रामबालक मुखिया, कुटपिट मुद्दाका वीर बहादुर राय, बिगो मुद्दाका सिकिन्दर यादव, र किर्ते जालसाजी मुद्दामा जगरनाथ राय यादव पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको प्रहरी टोलीले मंगलवार जिल्लाको छुट्टाछुट्टै स्थानबाट एकैदिनमा १८ फरार प्रतिवादी लाई पक्राउ गरेको हो।

जिल्ला अदालत रौतहट बाट दण्ड सजाय तोकिएर फरार रही लामो समय पछि पक्राउ परेका प्रतिवादीहरू लाई फैसला कार्यान्वयन लागि मंगलवार जिल्ला अदालत गौरमा उपस्थित गराइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.