भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रास्वपाको कार्यालय बनस्थलीबाट रवि लामिछाने पक्राउ, सडक मार्ग हुँदै पोखरा लैजाने

रास्वपाको कार्यालय बनस्थलीबाट रवि लामिछाने पक्राउ, सडक मार्ग हुँदै पोखरा लैजाने

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय बनस्थलीबाट शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली लामिछानेलाई नियन्त्रण लिएको हो ।

प्रहरीले लामिछानेलाई पोखरा लैजान वुद्ध एअरमा टिकट बुक गरेको भए पनि लामिछानेले भने सडक मार्ग हुदै पोखरा जाने अडान राखेपछि प्रहरीले सडक मार्ग हुँदै पोखरा लैजाने भएको हो । लामिछानेलाई भोलि कास्की जिल्ला अदालतमा पेश गर्न पोखरा लगिएको हो ।

लामिछानेलाई सडक मार्ग हुदै पोखरा लगिने भएको छ । यसअघि कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई शुक्रबारै पक्राउ गर्न अनुमति दिएको थियो । यसअघि शुक्रबारै अपरान्ह कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजङ शाहको इजलाशले अनुसन्धानका लागि नियन्त्रणमा लिने अनुमति दिएको थियो ।

सूर्यदर्शन सहकारीकै रकम अपचलन गरेको आरोपमा गत असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ । पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राई गोर्खा मिडियाका साझेदार हुन् ।

सहकारी ठगी छानविनका लागि गठित संसदीय समितिले विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ अवैध तरिकाले लगानी गरेको ठहर गरेको थियो । त्यसलगत्तै सीआइबी टोली बनस्थलीस्थित रास्वपा कार्यालयमा पुगेको थियो ।

लामिछाने पक्राउ पर्ने हल्ला चलिसकेकाले लामिछाने विपक्षी दलहरुको वैठकबाट सोझै वनस्थलीस्थित पार्टी कार्यालय पुगेका थिए । सूर्यदर्शन सहकारीका अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.