भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने

विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने

काठमाडौं । चीनले विश्वविद्यालयमा अध्ययन गर्ने उमेर समूहका युवा युवतीलाई अनिवार्य सैन्य तालिम लिनुपर्ने व्यवस्था लागु गरेको छ । अनिवार्य सैन्य तालिमका साथै हाइस्कुलमा राष्ट्रिय रक्षा शिक्षा थप गर्ने योजना अघि सारेको हो ।

चिनियाँ राष्ट्रिय जनकांग्रेसले यसबारे कानुन संशोधन गर्ने तयारी गरेको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार नयाँ प्रावधानअन्तर्गत चिनियाँ जनमुक्ति सेनाले विश्वविद्यालयमा गएर त्यहाँका विद्यार्थीलाई प्रशिक्षण दिनेछन् । सिद्धान्ततः चीनमा हरेक नागरिकले सेनामा सेवा गर्नुपर्ने व्यवस्था छ, तर सन् १९४९ मा जनगणतन्त्र घोषणा भएयता यो व्यवस्था लागू भने गरिएको छैन ।

लामो समयदेखि चीनले लागू गरेको एक सन्तान नीतिका कारण त्यहाँ सेनामा सेवा गर्न चाहने जनशक्तिको अभाव रहेको बताइन्छ । आफूले पाएको एउटै सन्तानलाई सेनामा भर्ती गराउन परिवारले नमान्ने गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.