भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

विदेशी पर्यटकबाट उठाउँदै आएको पर्यटन शुल्कबाट भक्तपुरको सम्पदा पुनःनिर्माण

विदेशी पर्यटकबाट उठाउँदै आएको पर्यटन शुल्कबाट भक्तपुरको सम्पदा पुनःनिर्माण

भक्तपुर । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सोमबार भेट गरेका छन् । भक्तपुर नगरपालिकाको सभाकक्षमा भएको भेटमा सम्पदा पुनःनिर्माण, स्वास्थ्य तथा पर्यटन प्रवद्र्र्धनलगायतका सहकार्य र सहयोग आदानप्रदान गर्ने सम्बन्धमा छलफल भएको हो ।

भेटमा नगर प्रमुख प्रजापतिले नेपालको विकासमा दक्षिण कोरियाको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विचार व्यक्त गर्नुभयो ।

भक्तपुर नपाले विदेशी पर्यटकहरुबाट उठाउँदै आएको पर्यटन शुल्कबाट भक्तपुरको सम्पदा पुनःनिर्माण र पर्यटन प्रवद्र्र्धनमा खर्च गर्दै आएको बताउँदै प्रमुख प्रजापतिले २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका भक्तपुरका सम्पदा पुनःनिर्माणमा कोरियाली सरकारको सहयोग स्मरणीय रहेको उल्लेख गर्नुभयो ।

भक्तपुरको सम्पदा संरक्षण कार्य, भक्तपुरमा सीपमूलक तालिम केन्द्र सञ्चालन र भक्तपुरका कृषकहरुको धान उत्पादन कार्यमा प्राविधिक सहकार्य गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने उहाँले जानकारी गराउनुुभयो । भेटमा महामहिम राजदूत ताइयोङले भक्तपुर नपाले जनताको अपेक्षा अनुसार काम गरेको जानकारी प्राप्त भएको बताउँदै उहाँले सम्पदा संरक्षण कार्यमा भक्तपुर नमुना रहेको बताउनुभयो ।

राजदूत ताइयोङ धेरै पटक भक्तपुर आइसकेको स्मरण गर्दै दशैं तिहारको बीचमा भक्तपुर भ्रमणको क्रममा भक्तपुरका युवाहरुले सांस्कृतिक गतिविधिमा देखाएको सहभागिताले आफू उत्साही बनेको जानकारी गराउनुभयो । कुटनीतिक क्षेत्रमा भक्तपुरको सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य क्षेत्रमा भइरहेको मौलिक शैलीको कार्यको सकारात्मक टिप्पणी हुने गरेको बताउँदै उहाँले भक्तपुरका कृषकहरुको धान उत्पादन वृद्धिको लागि कोइकामार्फत प्राविधिक सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

भेटमा भक्तपुर नपा वडा नं.९ का वडा अध्यक्ष रविन्द्र ज्याख्व, वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकला, पर्यटन शाखा प्रमुख गौतमप्रसाद लासिवा र प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको सहभागिता थियो । प्रमुख प्रजापतिले राजदूत ताइयोङलाई मयुरको झ्याल र नपाका पुस्तकहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.