भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

उपनिर्वाचनमा कांग्रेस १९, माओवादी केन्द्र ११ र एमाले ८ स्थानमा विजयी

उपनिर्वाचनमा कांग्रेस १९, माओवादी केन्द्र ११ र एमाले ८ स्थानमा विजयी

काठमाडौं । नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ । यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतीजा सार्वजनिक भएसंगै नेपाली काँग्रेसले १९ स्थानमा विजय हासिल गरेको हो ।

४४ सीटका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा तीन स्थानमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि भएको मतदान भएको हो । चर्चामा रहेको काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । उनले ५ हजार ३ सय ३४ मत ल्याउँदा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत पाउनु भएका छन् ।

दोस्रो बढी माओवादी केन्द्रले ११ वटा सिट जितेको छ भने एमालेले ८ स्थानमा जित दर्ता गरेको छ । निर्वाचनमा जसपा नेपालले २ स्थान जितेको छ भने नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एक–एक ठाउँ जितेका छन् ।

 


Thali Mobile Pvt.Ltd.