भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

उपनिर्वाचनमा कांग्रेस १९, माओवादी केन्द्र ११ र एमाले ८ स्थानमा विजयी

उपनिर्वाचनमा कांग्रेस १९, माओवादी केन्द्र ११ र एमाले ८ स्थानमा विजयी image

काठमाडौं । नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ । यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतीजा सार्वजनिक भएसंगै नेपाली काँग्रेसले १९ स्थानमा विजय हासिल गरेको हो ।

४४ सीटका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा तीन स्थानमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि भएको मतदान भएको हो । चर्चामा रहेको काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । उनले ५ हजार ३ सय ३४ मत ल्याउँदा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत पाउनु भएका छन् ।

दोस्रो बढी माओवादी केन्द्रले ११ वटा सिट जितेको छ भने एमालेले ८ स्थानमा जित दर्ता गरेको छ । निर्वाचनमा जसपा नेपालले २ स्थान जितेको छ भने नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एक–एक ठाउँ जितेका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.