भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

महासंघको अध्यक्षसहित १३ सदस्यीय पदाधिकारी र अन्य पदमा उम्मेदवारी दर्ता

महासंघको अध्यक्षसहित १३ सदस्यीय पदाधिकारी र अन्य पदमा उम्मेदवारी दर्ता

काठमाडौं । पत्रकार महासंघको अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । यही मंसिर २८ गते तय भएको नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत शुक्रबार पाँच जानाको (मनोनयन) उम्मेदवारी दर्ता भएको हो ।

शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तालिकामा महासङ्घको सभापतिका लागि निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा, कमलराज गिरी र एलसए लामाले उम्मेदवारी दर्ता गराएका हुन । अध्यक्षसहित १३ सदस्यीय पदाधिकारी र अन्य पदमा समेत उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, रामकृष्ण अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । लेखा आयोग संयोजकमा केसी लामिछाने र उम्मेदवारी दिएका छन् । महासङ्घको केन्द्रीय समिति ५१ सदस्यीय रहेको छ । महासङ्घको नयाँ कार्यसमितिका लागि १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, रोशन पुरी, दमोदरप्रसाद दवाडी, गोविन्द चौलागाईंले उम्मेदवारी दिनुभएको छ । त्यस्तै महिला उपाध्यक्षमा नितु पण्डित, गङ्गा बराल, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह, सुभाषप्रसाद साहले उम्मेदवारी दर्ता गराएका छन् ।

महासचिवमा रामप्रसाद दाहाल, प्रकाश थापा, जन्मदेव जैसी, लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, केदारनाथ भट्टराई, छविलाल दाहाल, बालकृष्ण अधिकारी, माधव दुलाल, वैकुण्ठ पराजुली, अशोक तिवारी, कुमार ओझा, उत्तर विष्ट र सविन प्रियासन, प्रवीणकुमार चौधरी, सन्तोष बराइली, योगेश खपाङ्गी, टीकाराम प्रधान, फणिन्द्र फुयाँल, कल्पना शर्मा, सरिता बराइली टीकाराम प्रधान र सरिता बराइलीले उम्मेदवारी दर्ता गराएका छन् ।

 


Thali Mobile Pvt.Ltd.