भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

सिरियाको डेराका अधिकांश भाग कब्जा विद्रोहीहरूको कब्जामा

सिरियाको डेराका अधिकांश भाग कब्जा विद्रोहीहरूको कब्जामा

एजेन्सी। विद्रोहीहरूले दक्षिणी सिरियाको डेराका अधिकांश भाग कब्जा गरेका छन् । सिरियाका विद्रोहीहरू राजधानी दमास्कसतर्फ अघि बढिरहेका हुन ।

यो क्षेत्र रणनीतिक र प्रतीकात्मक रूपमा निकै महत्त्वपूर्ण छ । यो क्षेत्र जोर्डनको सिमानामा रहेको मुख्य क्रसिङको नजिक छ। बेलायतमा रहेको सिरियन अब्जर्भेटरीले सरकारी सेनासँगको ‘हिंसक झडप’ पछि ’स्थानीय विद्रोही समूहहरू’ ले सेनाको धेरै स्थानहरू कब्जा गर्न सफल भएको बताएको छ।

डेरा त्यही क्षेत्र हो जहाँ सन् २०११ मा राष्ट्रपति बसर अल असदको विरोध सुरु भएको थियो। त्यसपछि देशमा गृहयुद्धको अवस्था सिर्जना भएको थियो । त्यस यता देशभर पाँच लाखभन्दा बढी मानिस मारिएका छन् ।

सिरियाली सेनाले गत हप्ता अलेप्पोको नियन्त्रण गुमाएपछि राष्ट्रपति बसर अल असदका लागि यो दोस्रो ठुलो धक्का थियो। गत साता सिरियामा विद्रोहीहरूले अचानक आक्रमण गर्न थालेपछि अल्पसङ्ख्यक समुदाय अलावाइटका मानिसहरू घर छाड्न थालेका छन् ।

जोर्डनका आन्तरिक मन्त्रीले भने, ‘सिरियाको दक्षिणी भागमा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सिरियाको यस क्षेत्रसँगको सीमा बन्द गरिएको छ।’ हालै विद्रोहीहरूले हमामा कब्जा गरेका थिए । त्यहाँबाट हजारौँ मानिसहरू भागेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.