सुर्खेत । बाँकेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता भएको मितिले २०७८ असारसम्ममा निर्माण पूरा भएर कर्णालीका जिल्लामा विद्युत् प्रसारण भइसक्नुपर्नेमा अहिलेसम्म सुर्खेतमै पनि पुग्न सकेको छैन ।
७० करोड रुपैयाँ लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २०७६ साल असारमा सम्झौता गरिएको थियो । बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा प्राप्ति तथा रुख कटानमा समस्या देखिएकोमा यो समस्या हल भए पनि बाँकेकै वैजनाथ गाउँपालिका–१ गाभर, बाँनियाभारका स्थानीयवासीले आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेपछि कामले गति लिन नपाएको हो ।
बाँकेमा मात्र ४२ महिनादेखि अवरोध कायम हुँदा काम हुन नसकेको आयोजनाले जनाएको छ । आयोजनाविरुद्ध गाभर, बाँनियाभारका स्थानीयवासीले उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा रिट दायर गरेका थिए । अदालतले नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको विषय भएकाले आवश्यक मुआब्जा दिएर प्रसारण लाइन निर्माण रोक्न नहुने जनाउँदै रिट खारेज गरिदिएकोे थियो । गाभरमा छ वटा, बाँनियाभारमा तीन वटा गरेर नौ वटा टावर निर्माण हुन बाँकी रहेको छ ।
टावर निर्माणस्थलको मुआब्जा दिन जिल्ला प्रशासन कार्यालय बाँकेले चलनचल्तीको सरकारी दरमा मुआब्जा दिनका लागि समन्वय, सहकार्य गरी गाभरमा समस्या समाधान भएको छ । बाँनियाभारमा भने अझै समस्या भएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले समस्या समाधानको आवश्यक प्रयास भइरहेकोे बताउनुभयो । बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरको सुब्बाकुना सबस्टेसनसम्मको प्रसारण लाइनको दूरी ५२ किलोमिटर छ । कोहलपुर–सुर्खेतसम्म १६१ वटा टावर रहेका छन् ।
आयोजनाले अहिलेसम्ममा सुर्खेत खण्डमा ३२ किमी क्षेत्रमा टावर निर्माण सकेर तार तानी सकिएको छ । हर्रे–छिन्चु–सुब्बाकुना र कोहलपुर–चिसापानीसम्म विवादबाहेकका क्षेत्रमा टावर निर्माण भई तार तान्ने काम सम्पन्न भएको प्रमुख चौधरीले बताउनुभयो ।
चौध किमी हर्रे–बबई–चिसापानी क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको छ । यो क्षेत्रमा रुख कटानको अनुमति पाएलगत्तै धमाधम रुख कटान र टावर निर्माणको काम जारी छ । अबको दुई महिनाभित्र रुख कटानको काम पूरा हुने लक्ष्य राखिएको छ ।
निकुञ्जमा ७० वटा टावरमध्ये छ वटा टावर निर्माण गर्न बाँकी रहेको छ । जेठसम्ममा वीरेन्द्रनगरमा रहेको सबस्टेशनमा विद्युत् चार्ज गर्नेगरी कामलाई तीव्रता दिइएको प्रमुख चौधरीले बताउनुभयो । आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएकोसमेत उहाँले बताउनुभयो ।
सुर्खेतमा २०४५ सालमा निर्माण भएका संरचनाबाट हालसम्ममा विद्युत् प्रसारण भइरहेको छ । अहिले ३३ केभी प्रसारण लाइनको विद्युत् सुर्खेतलगायत कर्णालीका जिल्लामा सञ्चालनमा रहेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। अवैध रूपमा लुकाई छिपाई विदेश लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नी यानलाई प्रहरीले पक्राउ गरेको हो ।...
काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट ६ जना पक्राउ गरेको छ । देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट...
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर...
काठमाण्डौ । सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको...