भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सडकले पूर्णता पाएसंगै चित्तपोलको स्थानीय उत्पादनले पायो बजार

सडकले पूर्णता पाएसंगै चित्तपोलको स्थानीय उत्पादनले पायो बजार

भक्तपुर । चित्तपोल सडक संजालले पूर्णता पाएसंगै स्थानीय उत्पादनले बजार पाएको छ । सूर्यविनायक नगरपालिका वडा नं १० अहिले ग्रामिण सडक पूवार्धारको स्त्तोरन्नतीले पूर्णता पाएसंगै यसको मूहार फेरिएको हो । सूर्यविनायक नगरपालिका‐१० भंगाल, खड्का गाउँ सल्लाघारी हुदै चाँगुनारायण नगरपालिकाको ताथली लगायतका गाउँ जोड्ने सडक पक्की र कालोपत्रे भएसँगै जीवन फेरिएको स्थानीयले बताए ।

चार दशक अघिदेखि रिङरोडको परिकल्पना भएको यहाँ सोही अनुसार यो सडकको रेखांकन गरिएको थियो । सिमित स्रोत साधनका बावजुद वडाको विकासमा पूर्वाधार निर्माणले गति लिन नसकेपछि स्थानीयले मूख्य प्राथमिकतामा सडकलाई दिएका थिए । सडक संजालले पूर्णता पाएपछि स्थानीयले सहज दैनिकी जीउन थालेका छन् । २०६३ सालमा ट्रयाक खेलेको यो सडकको यतिखेर कालोपत्रेले पूर्णता पाएको हो ।

सडक कालोपत्रे भएसँगैं चित्तपोलका ३ हजार ५ सय घरधुरीले गाउँमै सरकार आएको अनुभूति गरे । एम्बुलेन्स समेत आउँन नसक्ने यो सडकमा गतवर्ष एक करोड २४ लाखको लागतमा दुई वटा पुल निर्माण सम्पन्न गरेको र अहिले सडक कालोपत्र गर्ने कार्य सम्पन्न गरेको छ । कूल तीन करोडको लागतमा ६ मीटर चौडा ३.५ किलोमिटर सडक कालो पत्र र ढलान गरी पक्कि बनाएको हो ।

स्थानीय उत्पादन बजारसम्म पु¥याउन सहज भएको चित्तपोलबासी बताउँछन् । गाउँमा उत्पादन भएका तरकारी, दूधजन्य पदार्थ बजारमा बिक्रीका लागि लैजान निकै सहज भएको खड्गबहादुर तामाङले बताए । अहिले सडक कालोपत्र गर्न सफल भएको वडा नं १० का वडाध्यक्ष शिवराम राउतले बताए । ग्रामिण सडक रिङरोड बनेसंगै सुगम भएको तर वडामा खानेपानीको अभाव रहेको थापाको भनाइ छ । खानेपानीको पनि समस्या समाधानका लागि नगरपालिकाले पहल गरिरहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.