भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर ५५ डेंगु संक्रमित, कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित | वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले बढ्दा व्यापार घाटा १६ खर्ब नाघ्यो | खरिद प्रक्रिया ढिलाइ हुँदा ५ लाख रेबिजविरुद्धको खोप आउन सकेन, देशभर आपूर्तिमा असर | राहदानी खरिद प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ताको तयारी | सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, भैँसेपाटीस्थित घरमा पनि छापा | रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, करिब ४ हजार प्रतिनिधि सहभागी हुने | ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन | आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा |

रासस र कतार न्युज एजेन्सीबिच समाचार आदानप्रदानका लागि सम्झौता

रासस र कतार न्युज एजेन्सीबिच समाचार आदानप्रदानका लागि सम्झौता

काठमाडौँ । राष्ट्रिय समाचार समिति ९रासस० र कतार न्युज एजेन्सी ९क्युएनए०बिच समाचार सामग्री आदानप्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा दुवै देशका राज्यद्वारा सञ्चालित समाचार एजेन्सीबिच समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष उपस्थितिमा दुई देशका समाचार एजेन्सीबिच समाचार आदान(प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा।रूपक सापकोटाले जानकारी दिनुभयो । राससले उत्पादन गरेका समाचार क्युएनएमार्फत् कतारका सञ्चारमाध्यमले र क्युएनएले उत्पादन गरेका समाचार राससमार्फत विभिन्न सञ्चारमाध्यमलाई प्रयोग गर्न सहज भई दुवै देशका जनता लाभान्वित हुने छन् ।

रासस वि।सं।२०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित नेपालको एक मात्र समाचार एजेन्सी हो । यसै गरी क्युएनए सन् १९७५ मे २५ मा स्थापना भएको कतारद्वारा सञ्चालित कतारको समाचार एजेन्सी हो । रासस

 


Thali Mobile Pvt.Ltd.