भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

चितवनमा हुर्किएका रुद्रकली र खगेन्द्र हात्ती उपहारस्वरूप कतार प्रस्थान गर्दै

चितवनमा हुर्किएका रुद्रकली र खगेन्द्र हात्ती उपहारस्वरूप कतार प्रस्थान गर्दै

काठमाडौं, २९ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएर हुर्किएका रुद्रकली र खगेन्द्र नामका हात्तीको जोडीलाई नेपाल सरकारले उपहारस्वरूप कतार पठाउने तयारी पूरा गरेको छ । सोमबार चितवनको सौराहाबाट ती हात्तीको औपचारिक बिदाइ कार्यक्रम आयोजना गरिने निकुञ्ज प्रशासनले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरका अनुसार हात्तीको जोडी पुस २ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कतार उड्नेछ । २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती उपहार दिने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका रुद्रकली र खगेन्द्रलाई कतार पठाउन लागिएको हो । खगेन्द्रप्रसाद भाले र रुद्रकली पोथी हात्ती हुन् र दुवैको उमेर ६–६ वर्ष रहेको छ ।

वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि साइटिससँग सम्बन्धित मापदण्ड तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न समय लागेकाले हात्ती पठाउने कार्य ढिला भएको निकुञ्जका अधिकारीहरूले बताएका छन् । नेपालमा वन्यजन्तु संरक्षण सुरु भएयता विभिन्न मित्रराष्ट्रलाई जनावर उपहार दिने अभ्यास रहँदै आएको छ ।
यद्यपि हात्ती उपहार दिने निर्णय भने यो पहिलो पटक भएको हो ।

यसअघि नेपाल सरकारले चीनसहित भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान र अस्ट्रेलियाजस्ता देशलाई गैंडा उपहार दिइसकेको छ । त्यसैगरी ४७ प्रकारका वन्यजन्तु तथा आखेटोपहार र करिब एक सय २० वटा घडियाल र मगर गोहीका अन्डा पनि विभिन्न देशलाई उपहारस्वरूप प्रदान गरिएका छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.