भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

एमाले ११औँ महाधिवेशनमा आज उम्मेदवारी दर्ता, सहमतिको प्रयाससँगै निर्वाचन प्रक्रिया अघि बढ्दै

एमाले ११औँ महाधिवेशनमा आज उम्मेदवारी दर्ता, सहमतिको प्रयाससँगै निर्वाचन प्रक्रिया अघि बढ्दै

काठमाडौं, २९ मंसिर । काठमाडौंमा जारी नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनको महत्वपूर्ण प्रक्रिया अघि बढ्दैछ । निर्वाचन तालिकाअनुसार आज बिहान सवा १० बजे महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ । 

अन्तिम नामावली प्रकाशनपछि दिउँसो १ बजेर ३० मिनेटसम्म उम्मेदवारहरूले दरखास्त फारम दर्ता गर्न सक्नेछन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । प्रारम्भिक नामावली सार्वजनिक भएपछि त्यसविरुद्ध उजुरी दिन दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म समय तोकिएको छ ।

उजुरीमाथि छानबिन तथा आवश्यक प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान हुनेछ ।

यद्यपि औपचारिक निर्वाचन प्रक्रिया अघि बढे पनि पार्टीको शीर्ष तहमा सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास जारी रहेको बताइएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू अध्यक्षमा ओलीलाई नै निरन्तरता दिने र अन्य पदमा निर्वाचन गर्ने पक्षमा देखिएका छन् ।

भक्तपुरको सल्लाघारीमा मंसिर २७ गते उद्घाटन भएको एमालेको ११औँ महाधिवेशनको बन्दसत्र मंसिर २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले भदौमा सम्पन्न विधान महाधिवेशनका केही निर्णय संशोधन गरेको थियो ।

सो बैठकले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ सहित १९ पदाधिकारी रहने गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । केन्द्रीय कमिटीको एक तिहाइ सदस्य रहने गरी पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ सदस्य रहने गरी स्थायी कमिटी गठन गरिने व्यवस्था गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.