भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रुसद्वारा १२०० युक्रेनी सैनिककाे शव फिर्ता-युद्धपछिकाे सबैभन्दा ठूलाे प्रक्रिया

रुसद्वारा १२०० युक्रेनी सैनिककाे शव फिर्ता-युद्धपछिकाे सबैभन्दा ठूलाे प्रक्रिया

मस्को, ३१ जेठ । रुसले युद्धमा मारिएका १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फिर्ता गरेको छ। यो तीन वर्षभन्दा बढी समयदेखि जारी युद्धपछिको सबैभन्दा ठूलो शव फिर्ता प्रक्रिया मध्ये एक मानिएको छ।

शुक्रबार सम्पन्न यो फिर्ता प्रक्रिया हालै इस्तानबुलमा भएको शान्ति वार्ता अन्तर्गत गरिएको दाबी गरिएको भए पनि रुसले यो कार्य एकतर्फी रूपमा गरिएको उल्लेख गरेको छ।

रूसी राष्ट्रपति कार्यालयका सहयोगी भ्लादिमिर मेदिन्स्कीले युक्रेनले ७ जुनमा तय गरिएको शव तथा कैदी आदानप्रदान प्रक्रिया अचानक स्थगित गरेको आरोप समेत लगाएका छन्।

रुसले युक्रेनले आफ्ना मृतक सैनिकहरूको शव फिर्ता लिन ढिलाइ गरेको आरोप लगाउँदै कैदी आदानप्रदान प्रक्रिया पनि अड्किएको जनाएको छ। युद्धको चपेटामा परेका दुवै मुलुकबीच यस्ता मानवीय विषयमा समेत द्वन्द्व जारी रहँदा शान्ति स्थापनाको प्रयास थप जटिल बन्न गएको देखिन्छ।

 


Thali Mobile Pvt.Ltd.