भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

गंगालाई हटाएर सचिवालयको पुनःसंरचना गर्दै प्रचण्ड

गंगालाई हटाएर सचिवालयको पुनःसंरचना गर्दै प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनको एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचना गरेका छन् । पुस १० गते राष्ट्रका नाममा गरेको सम्बोधनमा नयाँ कार्यशैली, नयाँ संरचनासहित मितव्ययीरुपमा काम गर्ने घोषणा गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःगठन गरेका हुन ।

मन्त्रिपरिषद्ले हालै पारित गरेको सो परिमार्जित संरचनाअनुसार हाल प्रधानमन्त्रीको कार्यालय र सचिवालयमा रहेका दरबन्दीमध्ये तीन जना सचिव र सात सहसचिवसमेत गरी ६८ जनाको दरबन्दी कटौती गरेर सङ्गठन व्यवस्थापन गरेका छन् । प्रधानमन्त्री कार्यालयका कतिपय शाखा महाशाखालाई गाभेर एउटै बनाइएको त । सूचना प्रविधिसम्बन्धी एक अलग्गै महाशाखा स्थापना गरिएको छ ।

मुलुकमा विकसित सूचना प्रविधिमा थप सहयोग पु¥याउन सूचना प्रविधिको अलग्गै महाशाखा गठन गरिएको हो । प्रधानमन्त्री कार्यालयलाई चुस्त, दुरुस्त र कामकाजी बनाउने प्रधानमन्त्री दाहालको योजनाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उनको सचिवालयको पुनःसंरचना गरेर दरबन्दी कटौती गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अहिले सल्लाहकारको भूमिकामा गोविन्द आचार्यले गरेका छन् । स्वकीय सचिवका रुपमा काम गरिरहेकी प्रधामन्त्रीकी सुपुत्री गङ्गा दाहाललाई त्यहाँबाट हटाएको छ । प्रधानमन्त्रीले आफ्नो सचिवालय सदस्यबाट गङ्गा दाहाललाई हटाउनुपर्ने भन्नेजस्ता आवाज आएको आचार्यले बताए।

 


Thali Mobile Pvt.Ltd.