भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

राष्ट्रिय सभामा कांग्रेसलाई १० सिट

राष्ट्रिय सभामा कांग्रेसलाई १० सिट

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा काँग्रेसलाई दश सिट भाग परेको छ । निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलले भागबण्डा टुङ्ग्याएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि भागबण्डा टुंग्याएको हो । सत्ता गठबन्धनको सबैभन्दा ठूला दल नेपाली कांग्रेसले १० सिट पाएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी भएका थिए ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.