भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

साफ वुमन्स च्याम्पियनसिपमा नेपालको बलियो उपस्थिति

साफ वुमन्स च्याम्पियनसिपमा नेपालको बलियो उपस्थिति

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम दुई खेल आज हुँदैछ । यस च्याम्पियनसिपमा नेपालको बलियो उपस्थिति रहेको छ । आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दै छ । भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई खेलपछि सेमिफाइनल समिकरण पनि तय हुनेछ । समूह बी बाट आयोजक नेपालसहित भुटान र श्रीलंका सेमिफाइनल पुग्ने होडमा छन् भने लगातार दुई खेल हारिसकेको माल्दिभ्स समूह चरणबाटै बाहिरिसकेको छ । नेपाल र भुटान यस समूहमा अपराजित छन् र दुवैको समान ४ अंक छ । गोलअन्तरमा नेपाल अघि छ । पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेका थिए ।

दोस्रो फुटवल खेलमा नेपालले माल्दिभ्सलाई ११ ० ले हरायो भने भुटानले श्रीलंकालाई ४ १ ले पराजित गर्‍यो । नेपाल र श्रीलंका तथा भुटान र माल्दिभ्सबीचको खेलको नतिजापछि समूह बी बाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुङ्गो लाग्नेछ । भुटान र माल्दिभ्सबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । यस्तै नेपाल र श्रीलंकाबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.