भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

साफ यू- २० च्याम्पियनसिपमा नेपालको विजयी शुरुआत

साफ यू- २० च्याम्पियनसिपमा नेपालको विजयी शुरुआत

काठमाडौं । साफ यू- २० च्याम्पियनसिप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ ।ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा आयोजक नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले हरायो । नेपालका लागि खेलको २४ औं मिनेटमा निराजन धामीले गोल गरे ।

आजको खेलमा नेपालले गोल गर्ने अन्य अवसरहरू बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । जीतसँगै नेपालले समूह ए मा ३ अङ्क जोडेको छ ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो बिहीवार बङ्गलादेशसँग खेल्नेछ । च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाको ६ टोली सहभागित छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाईएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाईनल पुग्नेछन् ।

च्याम्पियनसिपमा आइतबार समूह बी मा रहेको भारत र भुटानबीच खेल हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.