भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

नुनको भाउ बढेपनि होटल–रेस्टुरेन्टको मेनु परिवर्तन नहुने

नुनको भाउ बढेपनि होटल–रेस्टुरेन्टको मेनु परिवर्तन नहुने

काठमाडौं । सरकारले नुनको भाउ वृद्धि गरे पनि होटल–रेस्टुरेन्टको मेनु परिवर्तन नहुने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले ८ वर्षपछि मंगलबार नुनको भाउ वृद्धि गरेको थियो । यसअघि २० रुपैयाँ रहेको आयो नुनको मूल्य अब २६ रुपैयाँ पुर्‍याइएको छ ।

होटल संघ नेपाल (हान) का कोषाध्यक्ष युवराज श्रेष्ठले होटल रेस्टुरेन्टको मेन परिवर्तन नहुने जानकारी दिए ।
यद्यपि नुनको भाउ बढ्दा व्यवसायीमा त्यसको भार पर्ने उनी बताउँछन् ।

कम्पनीले थोक मूल्य प्रतिकेजी १८ रुपैयाँ रहेको आयो नुनको अब थोक बिक्रि मूल्य २३ रुपैयाँ प्रतिकेजी पुगेको छ । २३ रुपैयाँमा बिक्री गर्दा समेत कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीको भनाई छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.