भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

स्वास्थ्य र शिक्षामा सुर्यविनायकले दियो विशेष जोड

स्वास्थ्य र शिक्षामा सुर्यविनायकले दियो विशेष जोड

भक्तपुर । सुर्यविनायक नगरपालिकाको १६ औं नगरसभाको अधिवेशनबाट पारित नीति, कार्यक्रम तथा बजेटका सन्दर्भमा पत्रकार सम्मेलन भएको छ । सुर्यविनायक नगरपालिकाको आयोजनामा नगरसभाबाट पारित नीति तथा बजेटको विषयमा पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रवक्ता सुर्यविनायक नगरपालिका ७ वडाका वडाध्यक्ष रविन्द्र सापकोटाले पारित नीति, कार्यक्रम तथा बजेटको संक्षिप्त जानकारी गराएका हुन् ।

सुर्यविनायक नगरकोे १६ औं नगरसभाबाट आगामी आर्थिक वर्षका लागि २ अर्ब २४ करोडको बजेट विनियोजन गरेको जानकारी गराउदै नगरप्रमुख वासुदेव थापाले उक्त बजेटमा स्वास्थ्य, शिक्षा, खानेपानीलाई विशेष ध्यान दिएको पनि बताए । बजेटले सबै जाति,धर्म,वर्ग,समुदायलाई निष्पक्ष रुपमा समेटेको हुनाले सर्वसम्मत रुपमा बजेट पारित गर्न सफल भएको उनको भनाइ छ । “नगरबासी,कर्मचारी सबैतिरबाट सहयोग भएको कारणले नै हामीले बजेट सर्वसम्मत पारित गर्न सफल भयौ । जनताप्रति उत्तरदायी भएर काम गरेकाले पनि हामीले यो सफलता प्राइत गरेका छौ ।” उनले भने, “सुर्यविनायक नगर गरिबको झुपडीसम्म स्वास्थ्यको पहुँच भन्ने उद्धेश्यका साथ अघि बढ्ने छ । नगर अस्पतालबाट सम्पुर्ण नगरबासीलाई उच्चस्तरीय सेवा प्रदान गर्नमा पनि हामी तत्पर रहने छौ ।”

पत्रकारहरुसँग अन्तरक्रिया गर्दै नगरप्रमुख थापाले आगामी बजेटले सम्पुर्ण नगरबासीलाई समेटेर काम गरेको पनि बताए । स्वास्थ्य,शिक्षा र खानेपानीको नगरबासीलाई सहज उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लाको भक्तपुर गेष्ट हाउसमा सम्पन्न कार्यक्रममा नगरप्रमुख , उपप्रमुख सरिता तिमलसिना भट्टराई, प्रवक्ता, विभिन्न वडाका वडाध्यक्ष लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.