भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

दुई महिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाउने खेती बन्द गरिदै

दुई महिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाउने खेती बन्द गरिदै

काठमाडौं । दुई महिनाका लागि अवधि तोकेर निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था हटाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द प्रसाद निरौलाले यस्तो गैर कानुनी दुई महिने निमित्त ‘खेती’ बन्द गर्ने भएको हो ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको दीर्घकालीन समस्या समाधान गर्ने विषयमा ब्रिफिङ तथा छलफलका क्रममा सचिव निरौलाले पटक पटक प्रष्ट आधार पेस गर्न सम्बन्धित महाशाखा प्रमुखलाई निर्देशन दिएको बताए ।

तत्कालीन मन्त्री अनिता देवी तथा सचिव विनोद प्रकाश सिंहको कार्यकालमा दुई महिने निमित्त चलन शुरु गरेका थिए । कुनै कानुनमा उल्लेख नभएको व्यवस्था शुरु गर्दै थप विकृति भित्र्याएको भन्दै सोही समयमा पनि कर्मचारीहरूबाट विरोध भएको थियो ।

असोज पहिलो साताबाट शुरु गरिएको दुई महिने निमित्त खेतीमा ठूलो आर्थिक चलखेल भएको भन्दै प्रमुख प्रशासकीय अधिकृतहरूबाटै विरोध हुँदै आएको छ । नवनियुक्त मन्त्री भानुभक्त जोशीले नेतृत्व सम्हालेसँगै नियम र कानुन अनुसार नै मन्त्रालय चल्ने र सबै कर्मचारीलाई हित हुने गरी अघि बढ्ने बताउँदै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.