भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मन्त्रिपरिषदको आकस्मिक बैठक, नियुक्ति र बढुवाको निर्णय गर्ने

मन्त्रिपरिषदको आकस्मिक बैठक, नियुक्ति र बढुवाको निर्णय गर्ने

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बिहान १० बजे सिंहदरबारमा बैठक बस्ने सचिवालयले जनाएको छ।

भोलिबाट हुने कतारका राजाको भ्रमणको बारेमा छलफल हुनेछ।कतारका राजा मोहम्मद बिन अल थानी भोलि नेपाल आउँदैछन्।
त्यस्तै आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय गर्ने पनि जनाएको छ।

नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस भएका छन्। यस्तै दुई एसएसपी डीआइजीमा बढुवा सिफारिस भएका छन्। त्यसको बारेमा पनि निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै, बैठकमा बजेट अधिवेशन आह्वानको सिफारिस हुन सक्नेछ। गत चैत ३० गते अन्त्य भएको हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस हुन सक्छ। सरकारले आगामी जेठ १५ गते बजेट ल्याउनु पर्ने बाध्यता छ।

 


Thali Mobile Pvt.Ltd.