भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

मन्त्रिपरिषदको आकस्मिक बैठक, नियुक्ति र बढुवाको निर्णय गर्ने

मन्त्रिपरिषदको आकस्मिक बैठक, नियुक्ति र बढुवाको निर्णय गर्ने

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बिहान १० बजे सिंहदरबारमा बैठक बस्ने सचिवालयले जनाएको छ।

भोलिबाट हुने कतारका राजाको भ्रमणको बारेमा छलफल हुनेछ।कतारका राजा मोहम्मद बिन अल थानी भोलि नेपाल आउँदैछन्।
त्यस्तै आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय गर्ने पनि जनाएको छ।

नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस भएका छन्। यस्तै दुई एसएसपी डीआइजीमा बढुवा सिफारिस भएका छन्। त्यसको बारेमा पनि निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै, बैठकमा बजेट अधिवेशन आह्वानको सिफारिस हुन सक्नेछ। गत चैत ३० गते अन्त्य भएको हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस हुन सक्छ। सरकारले आगामी जेठ १५ गते बजेट ल्याउनु पर्ने बाध्यता छ।

 


Thali Mobile Pvt.Ltd.