काठमाडौं । संविधान संशोधनको बहसमा केन्द्रित हुन दुई दल लागि परेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले गत १७ असार मध्यराति नयाँ सत्ता गठबन्धन बनाउँदा संविधान संशोधनलाई नै मुख्य आधार बनाएर गठबन्धन बनाऐका थिए ।
पाँच महिनासम्म उक्त सहमतिले ठोस आकार लिन नसकेपछि यस्तो बाटोमा लागेका छन् । तथापि, मुख्य राजनीतिक दलहरू आन्तरिक रूपमा संशोधनका विषय के कस्ता हुन सक्छन् भनेर बहसमा जुटेका हुन् । यसका लागिकांग्रेस र एमालेले बेग्लाबेग्लै कार्यदल बनाउन लागेका छन् ।
सत्तारूढ दल छुट्टाछुट्टै संयन्त्र बनाउन लागेका हुन् । सत्तारुढ कांग्रेस र एमालेले संयन्त्र बनाएर संविधान संशोधनको गृहकार्य अगाडि बढाउन खोजिरहेका बेला विपक्षी दलहरूले भने छलफल अगाडि बढाइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। अवैध रूपमा लुकाई छिपाई विदेश लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नी यानलाई प्रहरीले पक्राउ गरेको हो ।...
काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट ६ जना पक्राउ गरेको छ । देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट...
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर...
काठमाण्डौ । सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको...