भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बालकाेट बाबुछोरा हत्या प्रकरणः जेठो छोराले प्रहरीसामु गरे आत्मसमर्पण

बालकाेट बाबुछोरा हत्या प्रकरणः जेठो छोराले प्रहरीसामु गरे आत्मसमर्पण

भक्तपुर । जिल्लाकाे सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट फिकाधारा स्थित बाबु र छोराको हत्या प्रकरणमा जेठो छोराले प्रहरीसामु आत्मसमर्पण गरेका छन् । डेराबाट सम्पर्कविहीन भएका जेठा छोरा मिलन मंगलबार काठमाडौं महाराजगञ्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेको प्रहरीले जनाएको छ ।

खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको शव फेला परेको थियो भने कोठामा जेठा छोरा मिलन आचार्य थिएनन् । घटनामा जेठो छोराको संलग्नता हुन सक्ने आशंका छ ।

गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन भएका थिए । उनका बाबु र भाइको शव डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा बाहिरबाट ताला लगाईएको अवस्थामा फेला पारेको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई निजहरु मृत अवस्थामा फेला पारेको थियो ।

घटनास्थलमा केनाईन काठमाण्डौंबाट कुकुर र फरेन्सीक डाक्टरसहितको प्रहरी टोली खटिई अनुसन्धनमा जुटेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए ।

 


Thali Mobile Pvt.Ltd.