भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कार्यकारी निर्देशकका लागि खुला आवेदन माग

कार्यकारी निर्देशकका लागि खुला आवेदन माग

काठमाडौं । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकका लागि खुल्ला प्रतियोगिताबाट पूर्ति गर्ने प्रक्रिया सुरु भएको छ ।अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक बन्न इच्छुक नेपाली नागरिकबाट शहरी विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गरी आजका मितिले २१ दिनभित्र आवेदन दिन आह्वान गरेको छ ।

कार्यकारी निर्देशक पदका लागि शहरी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन निर्देशिका २०७६ को दफा ३ मा उल्लेख भएबमोजिमको योग्यता हुनुपर्ने छ । निर्देशिकाको दफा ३ मा इन्जिनियरिङ, प्रशासन, व्यवस्थापन, अर्थशास्त्र वा कानुनमध्ये कुनै एक विषयमा मान्यताप्रप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण भएको शैक्षिक योग्यता तोकिएको छ ।

अन्य योग्यतामा कुनै संगठित संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा पाँच वर्षको कार्य अनुभव हासिल गरेको, व्यवस्थापन वा सभा सम्मेलनमा व्यवस्थापनमा विशेष ज्ञान वा अनुभव भएको हुनुपर्ने छ । कार्यकारी निर्देशक पदको सेवा सुविधा नेपाल सरकारले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

व्यक्तिगत विवरण, नेपाली नागरिकता, शैक्षिक प्रमाणपत्र र अनुभव खुल्ने कागजातको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्ने छ रअन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सुधारका व्यावसायिक कार्ययोजना ५ हजार शब्दमा नबढाई छुट्टै खाममा राखेर पेश गर्नुपर्ने छ । यो भवनलाई सरकारले वार्षिक १६ करोड ५० लाख रुपैयाँ भाडामा लिएर संघीय संसद सन्चालन गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.